१४ वर्षीय किशोरसँग यौन सम्पर्क राख्ने युवतिलाई २ वर्ष जेल सजाय

एजेन्सी । कम उमेरमा यौन सम्पर्क गरेको भन्दै बेलायतको अदालतले एक किशोरीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । बेलायतको बारसेस्टर शहरमा बसोवास गर्दै आएकी एक २१ वर्षीय युवतीलाई २ वर्षको जेल सजाय तोकिएको हो । लोरेन मारिस नाम गरेकी युवतीले एक स्कुले बालकसँग ५० पटक भन्दा बढी सेक्स गरेको आरोप लगाइएको छ ।

लोरेनले आफु १६ वर्षको उमेरमा पहिलो पटक सेक्स गरेको स्वीकार गरी सकेकी छिन् । केटा दश वर्षको हुँदा देखी सेक्स गर्न सुरु गरेकी लोरेनले अहिलेसम्म पचास पटक भन्दा पनि बढी सेक्स गरेको अदालत सामु बताएकी छिन् । अहिले केटाको उमेर १४ र केटीको उमेर २१ वर्ष पुगेको छ ।

बेलायतमा १६ बर्ष भन्दा मुनिकोसँग यौन सम्पर्क गर्नु कानुन बिपरित मानिन्छ । त्यस स्कुल बालकले आफ्नो साथीहरु सामु उक्त कुराको खुलासा गरेका थिए । यस विषयलाई लिएर लारेललाई मार्च महिनादेखि नै छानबिन सुरु गरेको थियो । अदालतमा परेको मुद्धामाथि छानविन सुरु भएर सजाय सुनाइ रहँदा उनी बाहिर बसेर चुरोट उडाई मजाक गरिरहेकी थिईन् । अब उनी २ वर्ष जेलमा बस्नु पर्नेछ ।

, ,