अब हुन्छ बिना तार मोबाइल चार्ज !

लस भेगास । अमेरिकाको कम्पनी वाइट्राइसिटीले एक मैग्नेटिक रिजोनेंसमा आधारित प्रविधिको आविश्कार गरेको छ । उक्त प्रविधिको प्रयोग गर्दै बिना तार आफ्नो मोबाइल फोन चार्ज गर्न सकिन्छ । कम्पनीले यसै वर्ष उक्त प्रविधिलाई अमेरिकी बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीका प्रमुख ग्रान्ट रेगले भनेका छन्, ‘भलै यो प्रविधि परिक्षणकै क्रममा छ, तर उक्त दिन त्यति टाढा छैन जतिबेला उक्त ताररहित प्रविधिले तारसहितको चार्जरलाई विस्थापित गर्नेछ ।’ उनले अगाडि भनेका छन्, ‘कैयौं मोबाइल फोन कम्पनीहरुले यस प्रविधिप्रति रुचि देखाइरहेका छन् र उनीहरु यसलाई आफ्नो मोबाइलमा समावेश गर्ने सम्भावना खोजिरहेका छन् । यो प्रविधि अमेरिकामा यसै वर्ष जतिबेला पनि आउन सक्छ ।’ उक्त प्रविधिको प्रयोग गर्न मोबाइललाई चार्जिङ प्याडमा राखेर त्यसलाई चार्ज गर्न सक्छन् । उक्त चार्जिङ प्याडमा इन्डक्सन क्वायल लगाइएको हुन्छ । स्यामसुङ, माइक्रोसफ्ट, एचपी, इन्टेल, क्वालकोम, एनइसी, आसुस, पानासोनिक, लेनोवो जस्ता चर्चित कम्पनीहरु एक गठबन्धन ए4डब्ल्यूपी अन्तर्गत उक्त प्रविधिलाई आविस्कार गरेर पहिलेदेखि नै काम भइरहेको छ ।
-एजेन्सी/नेपालीकोन्युज.कम

,