श्रीमतीसँगको झगडापछि पुरुषले आफ्नै लिंग काटे

बारा, चैत १४ - बाराको हरैयामा घरायसी झगडाका कारण एक पुरुषले आफ्नो लिंग काटेका छन् ।
हरैया ६ का ३५ वर्षका हरि नगरकोटीले श्रीमतीसँग बिहान झगडा भएपछि लिंग काटेको प्रहरी चौकी मधुवनले जनाएको छ ।
नगरकोटीले खुकुरीले आफ्नो लिंग दुई टुक्रा पार्नुका साथै देब्रे हात र दाईने खुट्टा समेत काटेका स्थानीयबासिन्दाले बताएका छन् ।
घाइते नगरकोटीको वीरगञ्ज हेल्थ केयर वीरगञ्जमा उपचार भइरहेको छ । लामो समयदेखि नगरकोटी र पत्नीबीच झै–झगडा हुने गरेको स्थानीयबासिन्दाले बताएका छन् ।

,