अनुहारको दाग, धब्बा हटाउन चाहनुहुन्छ | तुलसी र दहिको लेप अति उत्तम

गर्मी बढेसंगै हाम्रो छालामा पनि अनेक किसिमका दाग र धब्बा देखिन थल्दछ। त्यसैले गर्मीमा छालाको उचित हेरचाह गर्नु पर्छ।
तुलसी धार्मिक रुपमा पनि निक्कै नै महत्व बोकेको बनस्पति हो । यो स्वास्थ्यका रुपमा पनि निकै नै राम्रो मानिन्छ।

दहि र तुलसीको लेप :
तुलसी छालाको लागि निकै नै राम्रो हुन्छ। यसमा भएको औषधीय गुणले छालामा भएको दाग धब्बा हटाउनका साथै चाउरी पना पनि कम गर्दछ। नियमित रुपमा तुलसीको लेप अनुहारमा लगाउँदा अनुहार सफा र नरम अनि चम्किलो हुन्छ।

तुलसीको फेसप्याक बनाउनको लागि कम्तिमा पनि ३०-४० वटा तुसलीको पत्तालाई टिपेर घाममा सुकाउने र १ चम्चा जति धुलो बनाउने अनि त्यसमा २ चम्चा दहि मिसाएर राम्रो लेप बनाउने अनि अनुहारमा लगाउने । १०-१५ मिनट राखेर सुकेपछि राम्रोसंग चिसो पानीले पखाल्ने ।

यसरी दहि र तुलसीको लेप अनुहारमा लगाउँदा अनुहारमा भएको सुख्खा पन हट्छ छाला नरम र चम्किलो हुन्छ।
तुलसी र महको लेपः
तुलसी र महको फेसप्याक बनाउँनको लागि २०-३० वटा तुलसीको पात टिपेर त्यसको रस निकाल्ने अनि त्यसमा आधा चम्चा जति बेसन अथवा मह मिसाउने अनि अनुहारमा लगाउने ।

जब त्यो पेस्ट राम्रो संग सुक्छ अनि अनुहार हल्ला तातो पानीले धुने । यसो गर्दा छाला राम्रो ,चम्किलो हुनुको साथै अनुहारमा भएको दाग पनि हट्छ।