अमेरिकामा बस्ने नेपालकीलाई १८ करोडको चिठ्ठा

सानफ्रान्सिस्कोमा रहेका महेन्द्रले क्यालिफोर्नियाको मेगा मिलियन गेममा यो चिठ्ठा जितेको खबर आजको कारोबारमा छापिएको छ।
५० वर्षका केसीले १ डलरमा मेगा मिलियन टिकट किनेका थिए । सार्वजनिक भएका ६ वटा नम्बरमध्ये उनका ५ वटा नम्बर ११, १९, २४, ३३ र ५१ मिलेका थिए । ‘मेगा नम्बर ७’ मिलेको भए उनले फ्लोरिडा र मेरिल्यान्डका अर्का २ बिजेतासँग ४ अर्ब १४ करोड डलरको चिठ्ठा बाँड्ने सौभाग्य पाउने थिए ।
महेन्द्र पुरस्कार दाबीका लागि बुधबार बिहानै दक्षिणी सानफ्रान्सिस्को कार्यालयमा उपस्थित भएका छन्।
उनका छोरा निरञ्जनले चिठ्ठा अधिकारीलाई उक्त रकम हजुरबुबा र हजुरआमाको उपचार तथा बुबाको मुटुरोग उपचारमा खर्च गरिने बताएका थिए ।
१ दशकअघि अमेरिका आएदेखि नै महेन्द्रले ठूलो चिठ्ठा पनै आशा पाल्दै आएका थिए ।
