प्रशिक्षक पुबुदु दासानायके टिम नेपालका लागि आठ दिनमात्र!

ट्वान्टी–२० विश्वकपमा राष्ट्रिय टोलीले गरेको उच्च प्रदर्शनमा सिंगो नेपाल खुसी मनाइरहेको छ।

कप्तान पारस खड्का र प्रशिक्षक पुबुदु दासानायके टिम नेपाललाई सफलताको बाटोमा डोहोर्‍याउने नेतृत्वदायी पात्र हुन्।

सभापत&# नेपाली क्रिकेटलाई नतिजामुखी बनाउन महत्वपूर्ण योगदान गरेका श्रीलंकालीमूलका क्यानेडियन प्रशिक्षकको सम्झौता टोलीसँग अब आठ दिनमात्र बाँकी छ। तर, नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी तथा समर्थकमाझ अत्यन्तै लोकप्रिय प्रशिक्षकको सम्झौता नवीकरणबारे अझैसम्म औपचारिक रुपमा कुनै पहल नथालेको खबर आजको नागरिक दैनिकमा सोमेश बर्माले समाचार लेखेका छन्।

‘अहिलेसम्म नयाँ सम्झौताबारे कुनै कुराकानी भएको छैन,' दासानायकेले भने। दासानायके मंगलबार क्यानाडा जाँदैछन्। सोमबारसम्म नयाँ सम्झौताबारे निर्णय नभए नेपाली क्रिकेटले प्रेरणादायी प्रशिक्षक गुमाउनेछ। क्यानभित्रै दासानायकेको सम्झौता नवीकरण गर्ने विषयमा पदाधिकारीबीच मतभेद रहेको स्रोतले जनाएको छ।

‘क्यानभित्रै केही पदाधिकारी जसरी पनि नयाँ सम्झौता हुन नदिने पक्षमा छन्। निर्णय भने भइसकेको छैन। हालै सम्पन्न बैठकले अध्यक्ष टंक आङबुहाङलगायतको कार्यसम्पादन समितिलाई यस विषयमा पहल गर्ने म्यान्डेट दिएको छ,' स्रोतले भन्यो।

खासमा दासानायकेले टिम तथा विकास योजनामा पकड राखेकोमा क्यानका केही पदाधिकारी खुसी छैनन्। तिनले विगतमा टिम छनोटमा पुबुदुको संलग्नतालाई लिएर प्रश्नै उठाएका थिए। क्यानको छनोट समिति नभएका बेला आफैं टिम छान्दै आएका दासानायकेले पदाधिकारीलाई यस्ता प्राविधिक विषयबाट टाढै रहन सुझाएका थिए।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले क्यानका लागि पठाउने हरेक विकास तथा प्रशासनिक बजेटबारे प्रशिक्षकलाई जानकारी गराउँदै आएको छ। क्यानका केही पदाधिकारी दासानायकेसँग रिसाउनुको अर्को कारण उनको अन्तर्राष्ट्रिय पहुँच पनि रहेको स्रोतको दाबी छ।

सभापत&# पुसमा एकदिवसीय विश्वकप छनोटका लागि न्युजिल्यान्ड जानुअघि टिम नेपालले क्रिकेट सामग्री माग गरेको थियो। तर, क्यान सदस्यहरुको सहभागितामा खरिद गरिएको सामग्री अपेक्षा गरिएभन्दा निम्नस्तरको भन्दै दासानायकेले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए जुन क्यान सदस्यहरुलाई असन्तुष्ट पार्ने अर्को कारण बन्यो।

खेलाडी र समर्थकको दरिलो साथ पाएका दासानायकेबारे कप्तान पारस भन्छन्, ‘पुबुदु सर हाम्रो टोलीमा ‘फादर फिगर' (पिता व्यक्तित्व) हुनुहुन्छ। पितालाई जोगाउन सकेनौं भने हाम्रो (बालबच्चा) अवस्था के होला?'

दासानायकेबिनाको टिम नेपालको कल्पना गर्नसम्म गाह्रो मान्ने पारसका विचारमा त्यो अवस्था आए अगाडि बढ्दै गरेको क्रिकेटले ठूलो धक्का बेहोर्नुपर्नेछ। ‘उहाँ हुनुभएन भने हामीले ठूलो मूल्य चुकाउनुपर्छ। उहाँले अझै नेपाली क्रिकेटलाई धेरै दिन बाँकी छ। नेपाली क्रिकेटमा योगदानको सम्मान खातिर पनि उहाँको सम्झौता नवीकरण हुनैपर्छ,' प्रस्टवक्ता कप्तानले टिम नेपालकै धारणाको प्रतिनिधित्व गर्दै भने।

दासानायकेले पछिल्लो ३० महिनायता ५ हजार डलर पारिश्रमिकमा टिम नेपालको प्रशिक्षक भएर काम गर्दै आएका छन्।

, ,