कस्तो बन्ला त 'दबंग'को प्रिक्वेल ? Salman Khan to come up with ‘Dabangg’ prequel?

"Salman Khan’s Chulbul Pandey remains his most iconic on-screen character till date. The eccentric yet funny cop of Dabangg is loved by all, and that’s perhaps the reason why Salman’s brother and producer Arbaaz Khan is thinking of Dabangg 3."


मुम्बई– यदि तपाईं 'दबंग'को सिक्वेलको प्रतिक्षामा हुनुहुन्छ भने तपाईंले त्यो विचार थाँती राखे हुन्छ। सलमान खानले 'दबंग'को सिक्वेल होइन प्रिक्वेल बनाउन चाहेको खबर सार्वजनिक गरेका छन्।

'दबंग'को प्रिक्वेलमा चुलबुल पाण्डे रबिनहुड पाण्डे बनेकोे कथा समेटिनेछ। फिल्ममा सलमानले चुलबुल पाण्डे उर्फ रविनहुड पाण्डेको चरित्रमा अभिनय गरेर बक्स अफिसमा पैसा बर्साएका थिए। फिल्मको दोस्रो भागका निर्देशक तथा निर्माता अरबाज खानले फुर्सद पाउने बित्तिकै 'दबंग'को 'प्रिक्वेल'को काम थाल्ने बताएका छन्।

अरबाज हाल सोनम कपुरलाई लिएर बनिरहेको 'डली की डोली' फिल्ममा व्यस्त छन्। अभिषेक डोगराले निर्देशन गरिहेको फिल्मलाई अरबाजले निर्माण गरेका हुन्। तर अरबाजले भने 'प्रिक्वेल'का बारेमा खुलेर बोल्न चाहेनन्।

'हामी प्रिक्वेलका बारेमा छलफल गरिरहेका छौं। तर केही पनि टुंगो लागेको छैन। अहिले नै यसबारे बोल्नु श्रेयस्कर हुन्न,' अरबाजले भारतीय सञ्चार माध्यमसँग प्रतिक्रिया दिँदै भनेका छन्।

अभिनव काश्यपले निर्देशन गरेको सन् २०१० को फिल्म 'दबंग'को पहिलो भागमा सलमान र सोनाक्षी सिन्हाको प्रेमकथा देखाइएको थियो भने 'दबंग २'मा परिवारप्रति जिम्मेवार सलमानको कथाले स्थान पाएको थियो। 'दबंग'को प्रिक्वेल बने बलिउडमा पनि नौलो प्रयोग हुने बजार विश्लेषकहरुको दाबी छ। 'बलिउडमा प्रिक्वेलको खासै प्रचलन छैन। यदि दबंगको प्रिक्वेल बन्यो भने नयाँ प्रचलन सुरु गर्न सक्छ,' उनीहरुले भनेका छन्।

While Dabangg showcased the rise of Chulbul Pandey and Dabangg 2 was about him taking up bigger challenges, Dabangg 3 will highlight the making of Chulbul Pandey. Yes, the third part will be a prequel, claim sources.

As per reports, the film’s going to be about Chulbul. “Also, how he ended up becoming Robinhood Pandey,” a source is quoted as saying by a tabloid.

Even though Arbaaz Khan is currently producing Dolly Ki Doli, starring Sonam Kapoor and directed by debutant director Abhishek Dogra, Arbaaz is toying with the idea of the prequel to Dabangg, but says it’s too early to comment.

The super success of Dabangg and Dabangg 2 proved very lucky for Arbaaz Khan who produced both the parts. It’s very natural for any filmmaker to cash in on the success of his movies.

Also, it can be recalled that Salman Khan once said they have the idea ready for the next part of the franchise about the making of Chulbul Pandey. Recently, Kareena Kapoor even expressed her desire to star in the Dabangg series.

Only time will tell when the idea becomes a reality. Currently it’s Jai Ho for Salman Khan and the Khan household.