नाइजेरियाको एक विद्यालयमा आत्मघाती बम विस्फोट हुँदा ४७ जनाको मृत्यु

कात्तिक २४ – नाइजेरियाको विद्यालयमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा ४७ जना विद्यार्थीको ज्यान गएको छ । अन्य ७९ जना विद्यार्थी घाइते भएका छन् ।
उत्तर–पूर्वी नाइजेरियाको पोटिस्कम शहरमा रहेको छात्रहरु अध्ययन गर्ने सरकारी विद्यालयमा विस्फोट भएको बिबिसीले जनाएको छ । स्कुल ड्रेसमा रहेको आक्रमणकारीले विद्यार्थीहरु सभाहलमा जम्मा भएका बेला आफैलाई विस्फोट गराएको हो । विस्फोट चरमपन्थी संगठन बोको हरामले गराएको आशंका गरिएको छ ।






इस्लामिक राज्यको माग गर्दै गएको पाँच वर्षदेखि सशस्त्र गतिविधि गर्दै आएको बोकोहरामले विद्यालयलाई लक्षित गरी आक्रमण गर्दै आएको छ । बोको हरामले पश्चिमि शैलिको शिक्षाको विरोध गर्दै आएको छ । उसले नाइजेरियाका बालबालिकाहरुलाई विद्यालय जान नदिने अभियान नै चलाएको छ । बोको हरामले गएको अप्रिलमा अपहरण गरेका २ सय स्कुले छात्राको अपहरण गरेको थियो ।

, ,