३ प्रकारका मानिसलाई भुलेर पनि भलो नगरनुहोस्, बित्यास पर्ला (पढ्नुहोस् विस्तारमा)

सामान्यतया अरुको भलाइ गर्नु हाम्रो संस्कारको अभिन्न पाटो मानिन्छ । अरुको भलाइ गर्नु सभ्यताको परिचायक पनि हो । तर सँधै यो लागु हुँदैन पूर्वीय दर्शनका नीतिशास्त्री चाणक्यले ३ प्रकारका मानिसको भलाइ नै गर्दा पनि दुःख पाइने हुँदा उनीहरुको भलाइबारे नसोंच्नु नै राम्रो हुने बताएका छन् । टाढै रहनु पर्ने ३ प्रकारका स्त्री वा पुरुष १ मूर्खाशिष्योपदेशेन दुष्टास्त्रीभरणेन च। दु:खिते सम्प्रयोगेण पंडितोऽप्यवसीदति।। अर्थात मुर्ख शिष्यलाई उपदेश दिन खोज्नु खतरनाक हुन्छ ।






यदि कुनै स्त्री वा पुरुष मुर्ख छ र जुन कुरामा पनि आफ्नै ढिपी गर्छ भने यस्तालाई उपदेश दिनु हुँदैन । हामी मुर्खलाई उपदेश दिएर भलाइ गर्न खोज्छौं तर यस्को नतिजा उल्टो हुन्छ । मुर्ख मानिस विनाकारण तर्क वितर्क मात्र होइन झगडा नै गर्न कसिन्छ । त्यसैले यस्ता मानिसलाई उपदेश दिनुको साटो टाढै बस्नुमा भलाइ छ । २ दुष्टास्त्रीभरणेन अर्थात यदि कुनै स्त्री चरित्रहिन छ वा स्वभाव नै खराव छ भने यस्ती स्त्रीमाथि पैसा खर्च गर्नु ब्यर्थ हु्न्छ । यस्ता ब्यविचारी स्त्रीलाई भरण पोषण गरेपनि सुख प्राप्त हुँदैन । यस्ता महिलाहरुलाई खाली धनको मात्र लोभ हुन्छ । सज्जन पुरुष यस्ता स्त्रीको संगत आएमा घर समेत विग्रने र झन्झटमा पर्ने खतरा हुन्छ । तसर्थ चरित्रहिन स्त्रीसँग पनि टाढै रहनु पर्छ । ३ विनाकारण दुःखी भएर बस्ने मानिस चाणक्य भन्छन् जो ब्यक्ति सँधै दुःखी रहन्छ उसबाट पनि टाढै बस्नु पर्छ । कतिपय मानिस सबै कुरा प्राप्त हुँदा पनि दुःखी हुन्छन् । यस्ता ब्यक्तिलाई सुखी तुल्याउन सुझाव दिन खोज्नु मुर्खता हो । यस्ता ब्यक्तिबाट दुःख र झन्झट मात्र प्राप्त हुन्छ । दुःखी हुने स्वभाव भएका ब्यक्तिबाट टाढै बस्नु राम्रो हो ।







, ,