महिलाले आफैले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह

चीनको सिचुवान प्रान्तमा एकजना चिनियाँ महिलाले आत्मदाह गरेकी छिन् । सोमबार अपरान्ह उनले आत्मदाह गरेको चिनियाँ सरकारी समाचार संस्थाहरुले जनाएका छन् ।

त्सेपे नाम गरेकी २१ वर्षीया ती महिलाले सोमबार अपरान्ह आफैले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेकी बताइएको छ ।

उनले किन आत्मदाह गरेकी हुन् भन्ने बारेमा भने केही पनि बताइएको छैन । त्यस विषयमा अनुसन्धान जारी रहेको अधिकारीहरुले जनाएका छन् । रासस÷सिन्ह्वा







,