ज्योतिषको भविष्यवाणिः जेठमा रक्तपात हुन्छ, राजतन्त्र फर्किन्छ

आफूलाई मोर्डन ज्योतिष बताउने चितवनका युवा जादुगर-ज्योतिष एलेक्स सुबेदीले नेपालमा राजतन्त्र फर्किने भविष्यवाणि गरेका छन् । उनले नेपालमा माघ ८ मा संविधान नबन्ने, जेठ असार महिनामा रक्तपात हुने र राजतन्त्र फर्किने भविष्यवाणि गरेका हुन् ।







उनका अनुसार माघ ८ गते चन्द्रमा मकर राशिमा रहने हुँदा चन्द्रमा कमजोर रहने छ र चन्द्रमा कमजोर भएकाले संबिधान बन्ने योग खराब छ । संविधानमा विज्ञहरूको सहभागिता र सल्लाह नभएको हुँदा जारी हुने सम्भावना समेत नभएको उनको दावी छ ।

जादुगर-ज्योतिष एलेक्स सुबेदी

त्यसैगरी उनी भन्छन् 'मंगल, चन्द्र र शुक्र ग्रह सँगै बसेको दिन पर्छ। सूर्य र बुध पनि मकर (शत्रु राशि) मा पर्ने भएकाले संविधान जारी हुने मिति सर्छ। संविधान बने पनि लागू हुँदैन। जबरजस्ती लागू गरिहालेमा संविधान लेखिरहेका र नेतृत्व गर्ने नेता हठ वा जिद्दी खालको भएमात्र जारी हुने देखिन्छ या छिमेकी देशले दबाब दिएमात्र सम्भव हुने देखिन्छ।'

उनका अनुसार देशमा संविधान जारी भए जेठ-असारमा रक्तपात हुने सम्भावना रहेको र सबै कुराहरुलाई मध्यनजर गर्दा नेपालमा राजा जसरी पनि फर्किनेछ ।







,