मुम्बईका सडकमा कुचो लगाउदै अमिताभ बच्चान | फोटोहरु हेर्नुहोस्

प्रधानमन्त्री नरेन्द्र मोदीको ‘स्वच्छ भारत अभियान’ अन्र्तगत अहिले भारतमा सवै मानिस हातमा कुचो लिएर सडक सफा निस्किरहेका छन् । प्रधानमन्त्रीको यो अभियानमा बलिउडले साथ नदिने कुरै भएन् । प्रधानमन्त्रीको यही आह्वानलाई मान्दै बलिउड सुपरस्टार अमिताभ बच्चनले मुम्बईको सडकमा झाडू लगाएका छन् । उनले ट्रयाकसुट लगाएर सडकमा कुचो लगाइरहेको तस्वीर सोसल मिडियामा सेयर गरेका छन् । ‘स्वच्छ भारत अभियानमा सवै जोडिनु आबश्यक छ’ उनले भने । अमिताभन्दा पहिले सच्चिन तेन्दुलकर, साहरुख खान, अमिर खान जस्ता हस्तीले स्वच्छ भारत अभियानप्रति ऐक्यबद्धता जनाउँदै कुचो लगाइसकेका छन् । - एजन्सिहरु

















, , ,