के (virginity test )अर्थात महिलाको कुमारित्व प्रमाणित गर्न सकिन्छ ?

यौन सम्पर्कलाई प्रमाणित गर्न सकिन्छ तर पहिलो कुरा त महिला आफैले यथार्थ बताउँनु पर्दछ भने यदि गर्भसम्बन्धी स्वासथ्य जाँच गर्दा गर्भधारण भएको रहेछ भने त सजिलै प्रमाणित भइहाल्दछ ।

धेरै प्रमाण अरु केहि पनि आवश्यक परेन । त्यसबाहेक अरु पनि तरिकाहरु अपनाउँन सकिन्छ । जस्तैः मामिलाहरूमा यौन सम्पर्क भएको केही घण्टाभित्र विभिन्न प्रयोगशालामा जाँच गराएमा महिलाको योनीभित्र रहको पुरुषको वीर्यका अवशेषहरु, वीर्य आदि पाइन सक्छ । त्यस्तै योनीमा भएको घर्षणको कारणले पपनि यौन सम्पर्क भए नभएको प्रमाणित गर्न सकिन्छ । यदि यस्ता किसिमका प्रयोगशालामा गरिने जाँच ढिला भएमा वीर्यमा भएका शुक्रकीटहरू निस्व्रिय भइसकेको हुन्छ वा मृत भइसकेको हुनसक्दछ ।






अनि, महिलाको योनी भित्र परजीवी वा अरु किसिमका तत्वहरु सफा गर्ने प्रतिरक्षात्मक तत्वहरु पनि हुन्छन जसले त्यहाँ सरसफाई गर्ने भएकाले निश्चित समय पछि भने यौन सम्पर्क भएको छ छैन भनि प्रमाणित गर्न सकिदैन । अर्को तरिका योनी भित्र पातलो झिल्ली हुनछ, जसलाई कुमारित्व ९ख्ष्चनष्लष्तथ० का रुपमा लिने गरेको छ समाजले त्यसलाई हाइमेन भनिन्छ, त्यो च्यातिएको अवस्थालाई मान्ने गरेका हुन्छन तर त्यसले सही प्रमाण दिदैन । किनकि त्यो त यौनसम्पर्क नगरिकन पनि च्यातिन्छ । खेलकुदमा भाग लिने, साइकल चलाउँने, उकालो ओरालो घाँसदाउरा गर्ने, खेतबारीमा कडा परिश्रम गर्ने जस्ता कामले गर्दा पनि च्यालिएको हुनसक्छ ।
योनिच्छेद (Hymen) छेदन गरी किशोरीको कुमारित्व (virginity) तोड्न भनेपछि पुरुषहरु किन लालयित हुन्छन ?

हाम्रो समाजमा यौन र यौनिकता सम्बन्धी असाध्यै धेरै भ्रम छ, जसको कारण योनिच्छेद नभएका लाई पनि भर्जिन भन्ने भ्रम परेको हो । कुमारी हुनु वा नहुनु र योनिच्छेदनको सम्बन्ध फरक छ । हाम्रो समाजमा मात्रै होइन पुरातन बादी संसारका प्राय सबै समाजमा यो सवालमा समान धारणा रहेको छ । गरिवीको कारण संसारमा धेरै अभिभावकले भर्जिनिटीकै खातिर यौनसम्पर्क गर्नका लागि छोरी बेचेका छन ।






धनि बर्गले यहि भ्रमका कारण भर्जिनसँग यौनसम्पर्क गर्न भनेर आँखा चिम्लेर पैसा खर्च गरिरहेका हुन्छन् । सबै धर्म संस्कारमा पनि कुमारित्वलाई धेरै महत्व दिएको छ । इसाई धर्म परम्परामा त कुमारित्व बचाएकी किशोरीसँग विवाह गर्नु पर्ने र विवाहको पहिलो रात यौनसम्पर्क गर्दा उक्ता योनिच्छेद च्यातिएर तन्नामा रगल लागेको हुनु पर्ने हन्छ । पहिलो दिनको यौनसम्पर्क गर्दा योनिच्छेद च्यालिएर बगेको रगत देखियोस भनेस त्यस रात सेतो तन्ना विछ्याउँनु पर्ने नियम छ र त्यसको भोलिपल्ट विहान विवाहमा आएका सबै पाहुनाहरु सबैलाई त्यो सेतो तन्नामा पोखिएको रतको टाटो देखाउँनु पर्दछ । त्यो योनिच्छेद गरेको प्रमाणको रुपमा लिने विश्वास गरिन्छ ।

सानो उमेरमा गरिने यौनसम्मर्कले गर्दा हाइमेन नच्यातिए पनि योन अङ्ग र विशेष गरी योनी मार्थ राम्रोसँग विकार नभएको हुनाले योनी च्यातिएर रगत आएको हुनपनि सकदछ । त्यसमा पनि योनी मार्गमा भएको योेनिच्छद नरम, पातलो जालो जस्तो हुन्छ जुन योनीको मुखमा भित्रपट्टी टाँसिएर रहेको हुन्छ । यसले योनीको मुखलाई पूर्णतया बन्द गरेको भने हँुदैन । सामान्यतया जब केटीहरूको पहिलो यौन सम्पर्क हुन्छ त्यसबेला योनिच्छद तन्किन्छ र च्यातिन्छ, जसले गर्दा केही असजिलो हुने र रगत आउने हुन्छ । योनिद्वारको आकार र बनावट महिलाहरूमा फरकफरक हुने भएकाले योनिच्छद फाट्दा हुने असजिलो तथा रगत बग्ने मात्रा पनि मान्छे अनुसार फरक हुन्छ । तर याद राख्नुपर्ने महत्वपूर्ण कुरा के हो भने एकपल्ट पनि यौनसम्पर्क नहँुदै पनि कति केटीको योनिच्छद फाटिसकेको हुनसक्छ भने कति केटीमा योनिच्छदको तन्किने क्षमता बढी भएकोले प्रथम पटकको यौन सम्पर्कमा पनि च्यातिंदैन र रगत पनि आउँदैन ।

,