खेलाडीको प्रहारबाट रेफ्रीको मृत्यु
रेफ्रीलाई खेलमा अनुशासन गर्ने जिम्मेवारी हुन्छ । खेलका क्रममा नियम तोड्नेलाई उसैले कारबाही गर्छ ।
रेफ्रीको निर्णयलाई लिएर खेलाडीले जनाउन पाउँछन् , तर खेलाडीले रेफ्रीको शरिरमा भने छुन पाउँदैनन् । खेलाडीले आफ्नो शरिरमा छोए रेफ्रीले कारबाही गर्न सक्छन् ।
यति हुदाँ हुदै पनि असन्तुष्ट खेलाडीले रेफ्रीमाथि जाइलागेका समाचार आइरहन्छन् । अमेरिकाको मिचिगनीिथत लिभोनियामा गत साता अनत्यतिर रमाइलोका लागि खेलिएको फुटबल खेलका क्रममा खेलाडीको प्रहारबाट घाइते बनेका रेफ्री जोनबेनेचिको मृत्यु भएको छ । आफूलाई मैदान बाहिर निकाल्न खोजेपछि बासेल अब्दुल आमरि सादले ४४ पर्षीय बेबिचको टाउकोमा प्रहार गरेका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।