पेरिस—फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको मुद्दामा प्रहरीले १५ घन्टासम्म हिरासतमा राखी बिना वकिल बयान लिएको छ। सार्कोजी प्रहरी हिरासतमा रहेर भ्रष्ट्रचार मुद्दा सामना गर्ने पहिलो पूर्व फ्रान्सेली राष्ट्रपति बनेका छन्।
इतिहासमा नै यति उच्च ओहदामा रहेका अधिकारीलाई पहिलो पटक यसरी प्रहरी हिरासदमा राखेर बयान लिइएको सञ्चारमाध्यमहरुले जनाएका छन्। उनका विरुद्धमा सुरु भएको बयानलाई फ्रान्सको इतिहासमा अभूतपूर्व घटनाका रुपमा लिइएको छ।
फ्रान्सको न्यायिक स्रोतले बुधबार दिएको जानकारीअनुसार उनलाई भ्रष्टाचारको मुद्दा लगाइने भएको हो। उनलाई यसअघि नै अनुसन्धानको दायरामा ल्याइएको थियो ।
मङ्गलबारको करिब १५ घन्टा लामो बयानपछि मात्र उनलाई भ्रष्टाचारको अभियोग लगाइने कुरा निश्चितप्राय भएको सरकारी अधिकारीहरुले जनाएका छन्। फ्रान्सका सञ्चारमाध्यमहरुले त्यहाँको इतिहासमा फ्रान्सका पूर्व राष्ट्रपतिलाई यसरी फौजदारी अभियोगमा थुनामा राखिएको यो नै पहिलो घटना भएको भनी प्रचार गरिरहेका छन्।
उनलाई यस बयानका लागि नियन्त्रणमा पनि लिन सकिने फ्रान्सको न्यायिक स्रोतले बताएको थियो । सो स्रोतका अनुसार उनलाई बयानका लागि करिब २४ घन्टासम्म पनि नियन्त्रणमा राख्ने तयारी गरिएको छ ।
उनमाथि भ्रष्टाचारको आरोप लागेपछि त्यसको बयानको मोडालिटीका बारेमा त्यहाँको न्यायिक स्रोतले छलफल भएको थियो ।
भ्रष्टाचारको आरोप र यसको कारबाहीका बारेमा भने थप जानकारी केही दिइएको छैन। उनको बयान मङ्गलबार सुरु भएको र अनुसन्धानका लागि अरु केही समय हिरासदमा पनि राख्न सकिने जानकारी न्यायिक स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार समिति, एएफपीले दिएको छ। राष्ट्रपतिको निर्वाचनमा उठेपछि भएको निर्वाचन प्रचारका क्रममा भ्रष्टाचार भएको आरोप लगाइएको छ। उनले आफू सत्तामा रहँदा सरकारी साधन स्रोतको दुरुपयोग गरेको आरोप पनि सो मुद्दामा लगाइएको छ ।
अनुसन्धानकै क्रममा उनलाई बुधबार न्यायालयमा उपस्थित गराइनेछ । उनमाथि न्यायालयमा गरिने छानबीन तथा संसदीय समितिले उपलब्ध गराएका प्रमाणका आधारमा कारबाही तोकिने छ।
अहिले भनिएकै रुपमा उनले भ्रष्टाचार गरेका ठहरेमा उनलाई बढीमा १० वर्षको जेल सजाय हुनसक्ने अनुसन्धान अधिकारीहरुले जनाएका छन्। भ्रष्टाचरको आरोपको उनले खण्डन गरेका छन्। आफूले निर्वाचन प्रचारका साथै अन्य कुनैपनि प्रक्रियामा नक्कली काम नगरेको उनले दाबी गर्दै आउनुभएको छ । एएफपी
पूर्व राष्ट्रपति प्रहरी हिरासतमा |