यौनइच्छा किन हुन्छ र यो कसरी सञ्चालित हुन्छ ? जानी रखौ

यौनइच्छा जीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्छा एकदम स्वाभाविक हो।

यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यो आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले सञ्चालन गर्छ। प्राणीहरूको विकासक्रमलाई हेर्न हो भने मस्तिष्कको यो भाग करोडौं वर्ष पहिले नै विकसित भएको देखिन्छ। मानिसमा मस्तिष्कको अन्य भाग विकसित हुँदै गए पनि मस्तिष्कको उक्त भागले अझै पनि प्रारम्भकै जस्तो महत्वपूर्ण भूमिका खेलिरहेको छ।

यौनसम्पर्कबाट नै जीवनको सुरुवात भएका हामी सबैका लागि यौनसम्पर्क गरेर वंशवृद्धिलाई निरन्तरता दिनु दायित्व पनि हो। हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो, तर अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले आनन्दका लागि यसको प्रयोग निकै हुने गरेको छ।

कसरी सञ्चालित हुन्छ ?

मोटामोटी रूपमा हेर्दा यौनइच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन प्रणालीअन्तर्गतका रागरसहरूले महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले। पहिले इन्डोक्राइन प्रणालीले यौन क्रिया सञ्चालनमा भूमिका निर्वाह गर्छ।

रागरसको प्रभावः यौनइच्छा जाग्ने वा त्यसको व्यग्रतामा रागरसको महत्वपूर्ण भूमिका हुन्छ। यौन क्रियाकलापभन्दा टेस्टेस्टेरोनले यौनइच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ। महिलामा पनि टेस्टेस्टेरोनले नै यौनइच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ।

इन्दि्रयहरूका कुरा : यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभैनहुने कुरा हुन्। हाम्रो शरीरले कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरका पाँच इन्दि्रय- दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। यसमध्ये कुनै इन्दि्रयबाट आनन्द प्राप्त गर्नु नै ऐन्दि्रकता हुनसक्छ। यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो।

मस्तिष्कको भूमिका ः यौन सम्पर्कलाई ‘शारीरिक सम्बन्ध’ भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई ‘स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो’ भनेर परिभाषित गर्न सकिन्छ। हामीलाई थाहै छ, यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट प्रारम्भ हुन्छन्। यसरी सोच्ने हो भने मष्तिष्क नै सबैभन्दा महत्वपूर्ण यौन अंग हो। हामीमा स्वाभाविक रूपमै विचार, भावना अनि स्मरणहरू आउँछन् तर ती कुरा एउटा जटिल प्रक्रियाबाट सञ्चालित हुन्छन्। यौन उत्तेजना कुनै इन्दि्रयको संलग्नताबिना नै हुनसक्छ। परिकल्पनाबाट नै पनि यौन उत्तेजना हुनसक्छ।

के गर्ने होला ?

यौन प्राकृतिक कुरा हो भन्ने बुझ्नु र त्यसलाई आत्मसात् गर्नु आवश्यक छ। किशोरावस्थामा यो अलि बढी र तीव्र हुन्छ, त्यसैले यौनइच्छा भयो भनेर चिन्ता लिनु पर्दैन। विशेष गरेर किशोर-किशोरीलाई आफ्ना यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा स्पष्टसँग जानकारी हुँदैन। त्यस्तो हुँदा अलमल हुने नै भयो र विशेष गरेर किशोरावस्थामा यो अझ चर्को रूपमा देखा पर्छ। कसैलाई राम्रोसँग व्यक्त गर्न नसकिँदा स्वाभाविक नै भए पनि यो अति नै बढी भएजस्तो लाग्न सक्छ। यो विषयमा अनावश्यक रूपमा चिन्ता नलिनु बेस हुन्छ।

पुरुष हुन् वा महिला, यौन साथीले यौन सुख प्राप्त गर्न सहयोग गर्ने मात्र हो, जसरी राम्रो दृश्य हेर्न वा मीठो संगीत सुन्न अरूले सहयोग गर्न सक्छ तर त्यसको आनन्द आफैंले प्राप्त गर्नुपर्छ यौनसम्पर्कको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ। तपाईंको पुरुष साथीले त सहयोग गर्ने मात्र हो। तपाईंले आफैंले यौन आनन्द प्राप्त गर्नुपर्छ। सक्दैन भनेर उसलाई होच्याउनुले फाइदा गर्दैन। आफूलाई उसले के-कस्तो क्रियाकलाप गरिदिए सहयोग हुन्छ भनेर उसलाई त्यसमा संलग्न गराउनुभयो भने तपाईंलाई आनन्द प्राप्त गर्न सहयोग मिल्छ। यौनइच्छाका लागि पुरुष फेर्ने सोच राख्नुभएको हो भने त्यति बुद्धिमानी कदम हो जस्तो लाग्दैन।

यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ। यसो हुनुले स्वस्थ रूपमा यौन विकास भैरहेको कुरालाई संकेत गर्छ। यौनेच्छा स्वाभाविक भएकाले यसलाई निर्मूल गर्नुपर्ने कुनै आवश्यकता छैन। विचार गर्नुपर्ने कुरा के हो भने, जति नै तीव्र हुँदा पनि यसलाई व्यवस्थित रूपमा कसरी बाँच्ने भन्ने कुरा महत्वपूर्ण छ। यदि यौनइच्छा कम नै होस् भन्ने चाहनु हुन्छ भने यौनबाहेक आफ्ना रुचिका अन्य कुरामा बढी समय बिताउने, शारीरिक परिश्रम गर्नुपर्ने खेलकुद वा श्रम वा व्यायाम गर्ने, यौन साहित्य वा चित्र/चलचित्रबाट टाढा रहनेजस्ता कुरा केही मात्रामा सहयोगी हुन सक्छन्।

,