विश्वकपमा चम्केपछि खेलाडिको भाऊ ३ करोड ५० लाख पाउण्ड !

काठमाडौं, असार २७ - चिलीका फुटबल स्ट्राइकर एलेक्सिस सान्चेज इंग्लिस क्लव आर्सनलमा आवद्ध भएका छन् ।

उनी ३ करोड ५० लाख पाउण्डमा बार्सिलोनाबाट आर्सनलमा गएका हुन् । उनले आर्सनलबाट हप्ताको १ लाख ४० हजार पाउण्ड तलब पाउने छन् । आर्सनलसँग ४ वर्षको सम्झौता गरेको सान्चेजले इंग्लिस प्रिमियर लिग र च्याम्पियन्स लिग खेल्ने आफ्नो पुरानो चाहना रहेकोे भन्दै यो सम्झौताबाट खुसी लागेको बताए । उनले आर्सनले १७ नम्बरको जर्सी पाएका छन् ।

सान्चेज सन् २०११ मा २ करोड पाउण्ड भन्दा केही ट्रान्सफर फी र १ करोड बोनस पाउन गरी इटालीको उडिनेस क्लवबाट बार्सिलोना आएका थिए  । सन् २०११ मा ३ करोड २० लाख पाउड बराबरको त्यो सम्झौता चिलीका फुटबल खेलाडीले गरेको सबैभन्दा धेरै रकमको सम्झौता थियो । विश्वकपमा उनको टिम चिली प्रिक्वाटरफाइनलबाटै घर फर्किए पनि विश्वकपमा राम्रो प्रदर्शन गरेका उनले २ गोल गरेका थिए । चिलीका लागि उनले ४७ खेलमा १२ गोल गरेका छन् । २५ वर्षका सान्चेजले बार्सिलोनाका लागि भने १ सय ४१ खेल खेल्दै ४७ गोल गरेका थिए ।

, ,