आमाले फेसुबक चलाउन बन्देज लगाएपछि छोरीद्वारा आत्महत्या

आमाले फेसबुक चलाउन बन्देज लगाएपछि भारतमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।

१३ वर्षकी आदिती गुप्ताले साथीहरुसँग च्याट गरेर घन्टौं बिताएपछि आमाले गाली गर्दै फेसबुक चलाउन छाड्न भनेकी थिइन् । आदितीकी आमा मोहनाले काममा जानुअघि भनेकी छन्–‘म घर आउनुअगाडि फेसबुक एकाउन्ट बन्द गर्नु ।’
विहान करीव साढे ९ बजेतिर काममा गएकी उनी केही घन्टापछि घर फर्किदा छोरीले आत्महत्या गरिसकेकी थिइन् । उनका श्रीमान विहानै काममा गएका थिए भने छोरा हजुरआमाको घर गएका थिए ।
‘म काममा जाँदा छोरी कम्प्युटर अगाडि बसिरहेकी थिइन्’ उनले भनेकी छन्–मैले फेसबुकमा आफ्नो समय बर्बाद नगर्न भनेकी थिएँ । तर आउँदा छोरीले आत्महत्या गरिसकिछ ।’
–डेलिमेलबाट

,