अग्ला अपराधीलाई जेल सजायँ माफ

अपराध गरेका मानिस कि त सजाय काटेपछि छुट्छन कि त व्यवहार राम्रो भएर सरकारको आममाफीमा । नेपालको हकमा भन्ने हो भने कहिलेकाहीं राजनीतिक दबावले पनि काम गर्छ ।
तर, बेलायतमा हत्या र चोरीमा संलग्न एक अपराधीलाई न्यायाधीशले उसको अपराध प्रमाणित गर्दै जेल जानु नपर्ने फैसला सुनाएका छन् । कारण हो- उनको उचाई ।
२३ वर्षका डिज मडकास्ट यस्ता भाग्यमानी हुन जसलाई उनको सात फिट २ इन्च हाइटका कारण सजायँ माफ भयो ।
प्रहरीले पक्राउ गर्दा सनको साथमा एक पेस्तोल र चोरी गरिएका गहना समेत बराबद भएको थियो । अदालतले उनलाई थुन्न आदेश दिएपछि प्रहरीले जेल चलान गर्‍यो । तर, उनी जेल गएपछि प्रहरीको हैरानी सुरु भयो ।
असमान्य रुपमा अग्ला उनलाई राख्न जेलका साना कोठा पर्याप्त भएनन् । सुत्नलाई बेड पुगेन । कैदीलाई दिने भातले उनको पेट भरेन । जेलमा कैदीका लागि बनाइएका कपडा समेत उनलाई सानो भए ।
७५ दिन जेलमा बिताएपछि सुनुवाइका क्रममा उनले यी सबै समस्या राखे । यसले न्यायाधीशलाई मन छोयो र उनलाई रिहा गर्न आदेश दिए ।

,