अन्तरिक्षमा नेपाली झण्डा फहरिंदा..... (फोटो तथा भिडियो)

काठमाडौ, वैशाख २३ - अरु देशको झण्डा चन्द्रमामा फहराएको देखेका नयाँ बानेश्वरका २२ वर्षीय क्षितिजराज लोहनीलाई पनि आफ्नो देशको झण्डा फहर्याउने मन थियो ।

हाल अमेरिकाको बोस्टनमा बसिरहेका उनले तत्काल चन्द्रमामा झण्डा फहराउन नसकेपनि नेपाली झण्डालाई धेरै उचाईमा फहराउने जुक्ति निकाले ।

त्यसकै लागि करिब एक बर्ष अध्ययन गरेपछि गत बुधबार उनले अमेरिकाकै फिसर्स ईण्डियानाबाट बेलुनमा राखेर नेपाली झण्डा अन्तरिक्षमा पठाए ।

हेलियम भरिएको बेलुन छेउमा बाँधिएको नेपाली झण्डा ८० हजार फिट उचाईंसम्म फर्फरायो । जब ७० हजार फिट माथि पुग्यो तब नेपाली राष्ट्रिय गान बज्न थाल्यो ।

बिग्रएको सामान प्रयोग गरेर आफ्नो उद्देश्य पूरा गरेका हुन् । 'बेलुनमा राखिएको तीन क्यामेरामा आफैंले प्रोग्राम डेभलप गरेको थिए', उनले सुनाए,'स्पिकरको रुपमा पनि बिगि्रएको मोबाइल प्रयोग गरेको थिएँ ।'

उनले पछिल्लो १४ महिना यही योजनाको लागि खर्चिएका थिए । क्यामेरामा प्रोग्रामिङ गर्न आफैंले स्त्रिmप्ट लेख्ने, मौसम अध्ययन गर्ने लगायत कामको लागि उनको समय खर्च भएको थियो ।

८० हजार माथि पुगेको बेलुन फुटेर उनले अनुमान गरेकै स्थानमा खसेको थियो । त्यहाँको मौसम अनुमान बिभागले मौसम अध्ययनका लागि दैनिक ४० हजार फिटसम्म बेलुन पठाउने गरेको छ । 'बिशेष अध्ययन गर्नुपर्दा मात्रै ४० हजार माथिको उचाईमा बेलुन पुर्‍याइन्छ', उनले भने ।

नर्थ इस्टर्न यूनिभर्सिटीमा कम्प्युटर ईन्जिनियरिङ पढिरहेका उनलाई प्रोफेसर कौशिक चौधरीले उनलाई बोस्टनबाट फिसर्स ईण्डियाना आउने प्लेन र बसाईं खर्च व्यहोरेका थिए ।






, ,