सभासद्ले जे पायो त्यही बोल्न नपाउने, नपढी बोले कारबाही

११ चैत, काठमाडौं । सभासद्हरुले विषयवस्तुमा ज्ञान नराखी बोल्नका लागि मात्र बोल्न नभई अबदेखि जे विषयमा बोलिन्छ, त्यो विषयको जानकारी राख्नुपर्ने भएको छ । कतिपय सभासद्ले विनाअध्ययन कुनै पनि विषयमा बोल्दा झन् फितलो हुन सकिनेतर्फ सभासद्लाई दलहरुले ध्यानाकर्षण गराउन थालेका छन् ।

यसै पनि संविधानसभाको संख्या निकै ठूलो छ । चाहिनेभन्दा बढी संख्या भउकाले सभासद्लाई एक त बोल्ने पालो पाउन निकै कठिन छ भने पालो पाउँदा पनि सम्बन्धित विषयमा ज्ञान नराखी बोल्ने परम्पार अझै हटेको छैन् । त्यसैले दलहरुले सभासद्लाई जुन विषयमा बोलिन्छ त्यो विषयमा अध्ययन गरेर मात्र बोल्न ध्यानाकर्षण गराउन थालेको छ ।

त्यसरी सभासद्लाई बिनाअध्ययन नबोल्न र बोल्दा गहन ढंगले बोल्न एमालेले आफ्ना सभासद्लाई गम्भीर ध्यानाकर्षण गराएको छ । नेकपा एमालले जसले बोल्छ उसले सो विषयमा ज्ञान राखेर नबोलेमा सम्बन्धित सभासद्लाई कारबाहीस्वरुप केही समय बोलन नदिने नीति बनाएको छ ।

खासगरी शून्य समयमा बाहेक अन्य विशेष समय वा कार्यसूचीमाथि बोल्न नाम टिपाउनुअघि पार्टीसँग स्वीकृति लिनुपर्छ, अर्थात संसदमा प्रमुख सचेतक वा सचेतकसँग बोल्नका लागि नाम टिपाएपछि त्यो नाम सभाध्यक्षको आसनमा पुग्ने गर्छ ।
नेपाल समाचारपत्रबाट

,