आर्थिक सहयोगको नाममा एक महिनामा डेढ करोड झ्वाम !!

काठमाडौ, चैत ११ – सरकारले एक महिनाको अबधिमा आर्थिक सहायताको नाममा डेढ करोड रुपैयाँ बाँडेको छ ।
सुशील कोइराला नेतृत्वको सरकारले फागुन महिनामा बिभिन्न ब्यक्ति र सस्थालाई आर्थिक सहायताको नाममा १ करोड ६० लाख ९० हजार बितरण गरेको हो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको फागुन महिनाको निकासा विवरण अनुसार सबैभन्दा धेरै आर्थिक सहायता सुनसरीको बराह क्षेत्रमा हुने महाकुम्भ मेलाको लागि ५० लाख रुपैयाँ दिइएको छ । यस्तै विश्व समावेशी साहसी सस्थाको तर्फबाट अर्जेन्टिनाको अकन्कागुवा र उत्तर अमेरिकाको डेनाली मकिन्ले हिमाल आरोहण गर्न जाने महिला आरोहीलाई सरकारले १५ लाख रुपैयाँ दिएको छ ।
यस्तै पूर्व राष्ट्र सेवक संगठन राष्ट्रिय परिषदले ५ लाख रुपैयाँ पाएको छ । सरकारले केही ब्यक्तिलाई औषधि उपचारको लागि पनि रकम दिएको छ । सरकारले काठमाडौमा भएको छैठौ गैरआवासीय नेपाली विश्व सम्मेलनका सहभागीलाई दिवा भोज खुवाइएको १३ लाख रुपैयाँ पनि भुक्तानी दिएको छ ।
यसैबिच सरकारले एक महिनाको अबधिमा ९ करोड भन्दा धेरै पैसा रकमान्तर गरेर निकासा दिएको छ । रकमान्तर गरिएको धेरै रकम गाडि किन्न, भवन बनाउन, घरभाडा तिर्न लगायतका कामको लागि छ ।
सरकारले वितरण गरेको रकमको विवरण हेर्नुहोस्: 


, ,