बनेपामा १२ वर्षीया बालिकाको सामूहिक बलात्कार

१४ चैत, काभ्रे । काभ्रेको बनेपामा १२ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको छ । रामेछाप घर भइ उग्रतारा १ मा कक्षा ४ मा अध्ययनरत बालिकालाई चार जनाको समूहले नजिकैको बालकुमारी जंगलमा लगेर सामूहिक बलात्कार गरेका हुन् ।

उनका बाबु बैदेशिक रोजगारीमा गएका छन् । उनी आमासँग बसेर नजिकैको विद्यालयमा अध्ययन गर्दै आएका थिइन् ।
‘घटना बिहीबार साढे ४ बजेतिर हो । घास दाउरामा गएका महिलाहरुले देखेपछि घटनामा संलग्नहरु बालिकालाई छोडेर भागेका थिए’ इलाका प्रहरी कार्यालय बनेपाका सइ रामशरण थापाले  भने ।

उनका अनुसार घटनामा संलग्न ३ जनालाई बिहीबार साँझ नै पक्राउ गरिएको छ । एक जना भने फरार छन् ।
बालिकाको स्वास्थ्य परीषण गरिएको छ । रिपोर्ट भने आउन बाँकी रहेको छ । बालिकाले आफूलाई सामूहिक बलात्कार गरेको बयान दिएकी छन् भने पक्राउ परेका एक जनाले पनि स्वीकार गरेका छन् ।

,