भारतीय वायु सेनाको विमान दुर्घटनाग्रस्त

१४ चैत, एजेन्सी ।  भारतीय बायु सेनाको सबैभन्दा ठूलो मालबाहक विमान दुर्घटना भएको छ। दुर्घटनामा विमानमा रहेका चालक दलका सबै पाँच सदस्यहरुको मृत्यु भएको जनाईएको छ।

हालसालै मात्र अमेरिकाबाट ल्याईएको सी-१३० जे विमानले भारतको आग्राबाट उडेको केही समयमा नै दुर्घटना भएको थियो।

सो विमानमा दुई जना विंग कमाण्डर, दुई जना स्क्वाड्रन लिडर र चालक दलका अन्य एक गरी पाँच जनाको मृत्यु भएको बताईएको छ ।

भारतीय वायु सेनाले यस दुर्घटनाको छानबीनको लागि आदेश दिएको छ।

, ,