मर्ने दिन थाहा पाएपछि बालसखासँग बिबाह

जब मानिसलाई मर्ने मिति थाहा हुन्छ अनि उसका अन्तिम इच्छा पुरा गर्न थाल्छ । मानिसका मनमा सुसुप्त अवस्थामा रहेका यस्ता इच्छा कहिलेकाहीं निकै रोचकरुपमा प्रस्तुत हुन्छन् ।

एक महिलालाई भने मर्ने मिति थाहा पाएपछि बाल्यकालको प्रेमीसँग बिबाह गर्ने रहर जाग्यो । तर, विबाह गरेको ७२ घण्टामै उनले संसार छाडि्न ।

आफ्नो बाल्यकालको साथीसँग विवाह गरेको तीन दिनपछि एक महिलाको निधन भएको छ, जसलाई केही महिना अघि मात्र क्यान्सर भएको थियो । २९ वर्षकी केट विगेनलाई क्यान्सर लागेको तीन महिला पहिले मात्र थाहा भएको थियो ।


चिकित्सकले उनलाई बचाउन नसकिने संकेत गरेपछि उनले आफ्ना बालसखासँग बिबाह गर्ने इच्छा देखाएकी थिइन् । दुई सन्तानका बाबु ३२ वर्षका ग्यारी केट उनको बाल्यकालका पि्रय साथी हुन् ।झण्डै १८ महिनादेखि पेट दुख्ने समस्याबाट पीडित केटले फेब्रुअरी १३ मा मात्र आफूलाई क्यान्सर भएको थाहा पाएकी थिइन् ।

आफू अब तीन साता मात्र बाच्ने थाहा पाएपछि उनले बाल्यकालका शखीसँग विवाह गर्ने इच्छा व्यक्त गरेकी थिइन् । उनको इच्छाअनुसार भएको विवाह एक होटलमा गरिएको थियो, जहाँ ग्यारीका दुई छोरा छोरीका साथै परिवारका अन्य सदस्यहरु समेत उपस्थित थिए । विवाह सम्पन्न भएको ७२ घण्टापछि केटको निधन भएको छ ।

केटकी आमा जेनेट क्लीवरले भनिन् -विवाह निकै सुन्दर थियो । तर, उनको अवस्था निकै कमजोर भएकाले त्यहाँ पनि एम्बुलेन्ससहितको एउटा टोली तयारी अवस्थामा राखिएको थियो । तर केटले आफ्नो प्रतिज्ञा पूरा गरिन् ।’ उनले केट निकै शाहसी भएको बताइन् ।



, ,