सन्नी लियोनको फिल्मले कमायो ४ दिनमा ३० करोड

काठमाडौं,  पूर्वपोर्नस्टार तथा बलिउड नायिका सन्नी लियोनको गत शुक्रबार रिलिज भएको फिल्म ‘रागिनी एमएमएस–२’ ले चार दिन २९ करोड भारतीय रुपैयाँ भन्दा बढीको व्यापार गरेको छ ।
सोमबारसम्म फिल्मले २९ करोड १० लाख भारतीय रुपैयाँ कमाएको भारतीय चलचित्रका व्यापार विश्लेषक तरन आदर्शले ट्विटरमार्फत जनाएका छन् । यो भारतमा मात्र भएको व्यापारको तथ्याङ्क हो ।
मार्च २१ मा रिलिज भएको चलचित्रको व्यापार ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारत र पाकिस्तानको खेलबाट पनि प्रभावित हुन नसकेको बताइएको छ । नयाँदिल्लीका धेरै जसो हलमा ‘रागिनी एमएमएस–२’ हेर्न मानिसहरु लाइन बसेर टिकट काटेका देखिन्छन् ।
सन् २०११ मा बनेको ‘रागिनी एमएमएस’को सिक्वलको रुपमा आएको फिल्ममा सन्नी मुख्य भूमिकामा छन् । दुई दिन काठमाडौंमा बसेर सोमबार स्वदेश फर्किएकी सन्नी लियोनले यहाँका केही धार्मिक क्षेत्रको भ्रमण गर्दै फिल्म सफलताको कामना गरेको बताएकी थिइन् ।

,