शाहरुख र क्याट्रीना फेरि सँगै


मुंबईका किंग शाहरुख खान दोस्रो पटक क्याट्रीना कैफसँग फिल्ममा आउने भएका छन। शाहरुखको नयाँ फिल्म 'रईस' मा शाहरुखले क्याट्रीनालाई खेलाउने भएका हुन।
'रईस' धेरै अगाडिदेखि शुरुवात कसरी भन्ने विषयलाई लिएर लगातार चर्चामा थियो। पहिला फरहान अख्तरको ठाउमा नवाजुद्दीन सिद्दिकीलाई लिने चर्चा थियो। अब यही फिल्ममा क्याट्रीनालाई ल्याउने चर्चा चलेको छ।

भारतीय मिडियाका अनुसार आजभोलि क्याट्रीनाको नाम फिल्ममा मुख्य भुमिकाका लागि लिइएको छ। यो फिल्म शाहरुखको क्याट्रीनाको साथमा खेलिएको दोस्रो फिल्म हुनेछ। क्याट्रीनासँग शाहरुखको पहिलो फिल्म 'जब तक है जान' थियो।

यस अघि क्याट्रीनाले भर्खरै सुटिङ सकेको फिल्म 'बैग बैग' पछि रणबीर कपुरको साथमा 'जग्गा जासुस' शुरु गर्ने बताइएको थियो। तर अब यो फिल्मलाई पछाडि सारिएको छ।

जानकारी अनुसार क्याट्रीनाले यस फिल्मको प्रस्ताव मान्न भने अस्वीकार गरेको बताईएको छ।

,