मिनलर वाटरले नुहाउने बलिउड नायिका

‘क्विन’ सिनेमाको सफलताले निक्कै खुशी भैरहेकी बलिउड नायिका कंगना रनोट अर्को एक खबरले फेरि चर्चामा छिन् ।

उनी यतिबेला आफ्नो नयाँ फ्ल्याटमा मिनरल वाटरले नुहाउदै छिन् । एक चर्चित भारतीय अनलाइन पत्रिकाले जनाएअनुसार कंगनाको नयाँ फ्ल्याटमा पानीको सुविधा छैन । तयार हुँदै गरेको नयाँ फ्ल्याटमा कंगना हालै मात्र सरेकी हुन् ।

तर पानी र विजुलीको उचित सुविधा भैनसक्दा कंगनालाई यस्तो आपत्त आइलागेको हो । सफलताको दम्भले नभई कंगना अभावका कारण यस्तो उपाय अपनाउँदै छिन् ।



, ,