नेपालीहरु १३ मिनेट २९ सेकेण्ड सम्म अश्लिल साइटमा
काठमाडौं । विश्वप्रसिद्ध अश्लिल चलचित्र सम्बन्धी वेवसाइट पोर्न हवले सन् २०१४ को वार्षिक रिपोर्टमा अनौठो तथ्य सार्वजनिक गरेको छ । पोर्न हवको भिजिट गर्न नेपालीहरु पनि निक्कै अगाडी देखिएका छन् । त्यति मात्र होइन सबै भन्दा बढी समय सम्म अश्लिल सामग्री हेर्ने समय खर्च गर्नेमा नेपाली नै परेका छन् ।
प्रत्येक नेपालीले एक पटक साइट भिजिट गरेपछि कम्तिमा पनि १३ मिनेट ३९ सेकेण्ड त्यसमै विताउने गरेको उक्त साइटको वार्षिक रिपोर्टमा उल्लेख छ ।
अमेरिकामा सबै भन्दा बढी भिजिट गरिने यो साइटमा भारत र नेपालबाट पनि ठूलो संख्यामा भिजिट हुने उक्त रिपोर्टले देखाएको छ ।
उक्त सूचीमा सबै भन्दा बढी समय सम्म उक्त साइटमा अश्लिल चलचित्र हेर्नका लागि नेपालीहरुले १३ मिनेट ३९ सेकेण्ड खर्च गर्छन् भने नेपाल पछि डेमोनिकन गणतन्त्रका नागरिक परेका छन् । उनीहरुले यस्ता सामग्री हेर्न १३ मिनेट लगाउँछन् । नेपालबाट धेरै समय साइट भिजिट हुनुमा इन्टरनटको गतिको भूमिका पनि हुन सक्ने उक्त रिपोर्टको निष्कर्ष छ ।
अजरबैजानका मानिसले केवल साढे ६ मिनेट सम्म यस्ता सामग्री हेर्न खर्चिन्छन् भने बेलारुस र युक्रेनमा ७ मिनेट सम्म यस्तो समय दिइन्छ ।
सन् २०१४ मा सबै भन्दा बढी यस्ता सामग्री हेर्नेमा दक्षिण कोरियाली पनि थपिएका छन् ।
यो साइटमा सबै भन्दा बढि भिजिट हुने टप फाइभ राष्ट्रमा अमेरिका, जर्मनी, रुस, नेदरल्याण्ड र मेक्सिको परेका छन् ।
