श्रीमतीलाई ह्यामरले हानेर श्रीमानले गरे ‘झुन्डिएर आत्महत्या’

खोटाङ, कार्तिक २४ । खोटाङमा ह्याम्मरले हानेर श्रीमतीको हत्याको प्रयास गरेका श्रीमानले आत्महत्या गरेका छन् । घरायसी विवादका क्रममा श्रीमती मैनाकुमारीलाई ह्याम्मरले हानेर हत्या प्रयास गरेका दिप्लुङ–२ का ४८ वर्षीय अम्बरबहादुर राईले झुन्डिएर आत्महत्या गरेका हुन् ।

ह्याम्मरको चोटले श्रीमती ढलेपछि राईले श्रीमतीको मृत्यु भएको ठानेर आइतबार राति आत्महत्या गरेको आफन्तको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । घर झगडाकाक्रममा राईले श्रीमतीलाई ह्याम्मरले हानेका थिए ।







रीसको आवेगमा राईले घर नजिकैको जंगलमा गुराँसको रुखमा पासो लगाएर आत्माहत्या गरेका हुन् । ह्याम्मर प्रहारबाट टाउकोमा गहिरो चोट लागेकी मैनाको अहिलेसम्म होश नखुलेको आफन्तले बताएका छन् । राई दम्पतीका तीन छोरा र एक छोरी छन् ।

श्रीमानको शवको पोष्टमार्टम गर्न र गम्भीर घाइते श्रीमतीलाई उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ । मैनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको जनाइएको छ ।

,