होस्टल व्यवस्थित बनाउ, सुपरभाइजर नेपाली राख - मलेसियाली मन्त्री
जइमले कम्पनी र कामदार सम्मिलित संयुक्त समिति गठन गरेर अघि बढ्न सुझावसमेत दिए । उनले १६ लाख कानुनी हैसियतका विदेशी कामदारको हेरचाह हुनुपर्ने बताए । र उनीहरूबाट नराम्रो हुन नदिन त्यसो गर्नु महत्त्वपूर्ण हुने औंल्याए । मन्त्री र नेपाली राजदूतसितको भेटपछि कम्पनीपक्षले पन्ध्र सय कामदारका लागि १ वर्षभित्रै नयाँ होस्टल निर्माण गर्ने प्रतिबद्धता जनाएको बस्न्यातले बताए । केही साताअघि नेपालको औपचारिक भ्रमणसमेत गरेका मन्त्री जइमले कामदार बाहुल्यताका आधारमा सुपरभाइजर नियुक्त गरे समस्या सुल्झाउन सजिलो हुुने बताए ।