अश्लिल भिडियो बनाएर आफ्नै बुहारीको यौन शोषण !

२० भदौ, एजेन्सी ।भारतमा एउटा लज्जाजनक घटना भएको छ । भारतको एक गाउँमा एक पुरुषले आफ्नै बुहारीलाई बलात्कार गरी अश्लिल भिडियो बनाएर निरन्तर यौन शोषण गरेको खुलासा भएको हो । कोतवाली क्षेत्रमा पर्ने एक गाउँमा सात महिनाकी गर्भवती महिलाले डिएनए परीक्षण गराउन माग गर्दै उजुरी दिएपछि यस्तो घटना बाहिर आएको हो ।

यो गर्भ ससुराको रहेको भन्दै ती महिलाले गर्भपतन गराउन अनुमति समेत मागेकी छिन् । ती महिलाले आफ्न ससुरालाई कारवाही गर्न समेत उनले उजुरी गरेकी छिन् ।सन् २०१३ को मार्च ३० मा विवाह भएकी ती महिलाका श्रीमान विवाह भएको छ दिन पछि नै पैसा कमाउन साउदी गएका थिए । त्यस लगत्तै उनीमाथि ससुराले गिद्धे दृष्टी लगाए । तर उनले ससुराको ब्यवहारबारे सासुलाई भनेपछि सासुले उल्टै चुपचाप बस्न चेतावनी दिइन् ।

श्रीमानलाई यो कुरा भन्दा उनले फोन गर्नै छोडिदिए । सन् २०१३ को जुलाईमा आफू घरमा एक्लै भएको समयमा आफूलाई जवर्जस्ती गरेर ससुराले भिडियो क्लिप समेत बनाएको उनको भनाइ छ ।त्यसपछि निरन्तर त्यही क्लिप देखाएर यौन सम्बन्ध नराखे भिडियो इन्टरनेटमा राख्ने धम्की दिँदै यौन सम्बन्ध राख्न बाध्य तुल्याएको उजुरी महिलाले पुलिसमा गरेकी छिन् ।ससुरासँगको सम्बन्धकै कारण उनी गर्भवती समेत भइन् । त्यसपछि ससुराले उनलाई घरबाट निकाला गर्ने घोषणा गरे । त्यसपछि मात्र उनी पुलिसमा उजुरी गर्न पुगिन् ।

,