२ दिन मुर्दाघरमा राखेपछि जिउँदो | भएन त अचम्म ...

उत्तरप्रदेश, १७ भदौं । भारत उत्तर प्रदेशको अलीगढमा एउटा अनौठो घटना बाहिर आएको छ जसलाई सुनेर तपाई छक्क पर्नुहुनेछ । कतिपयले यसलाई भगवानको चमत्कार भनेका छन् भने कतिले चिकित्सकहरुको लापरबाही । एक व्यक्ति सवारी दुर्घटनामा परेर गम्भीर घाइते हुन्छ। स्थानीयले उनलाई उपचारका लागि अस्पताल लैजान्छन् ।

उपचारका क्रममा उनलाई चिकित्सकहरुले मृत घोषणा गर्छन अनि शव मुर्दा घरमा राख्न भन्छन् । दुई दिन मुर्दाघरमा राखेपछि प्रहरी अनुसन्धान गर्न पुग्छ । उनले सास फेरिरहेको प्रहरीले चाल पाउँछ । अनि तत्काल अस्पताल प्रशासनलाई जानकारी दिन्छ । त्यसपछि ति युवकलाई आइसियुमा राखेर उपचार गरिन्छ ।

२९ अगस्टमा उनलाई अस्पतालका चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।अस्पतालले कर्मचारीका लापरवाहीका कारण यस्तो घटना हुन पुगेको स्वीकार गरेको छ । यस घटनामा अस्पतालले छानविन गरेर कर्मचारीलाई कारबाही गर्ने आश्वासन दिएको भारतीय संचारमाध्यम नइ दुनियाले जनाएको छ ।-एजेन्सी

, ,