कलीयुगमा पनि सति, "एउटै चितामा श्रीमान् श्रीमती" ........ !

पर्वत, भाद्र १८ | श्रीमान् मरेपछि ज्यूँदै सतिजाने प्रथाको अन्त्य भएपनि पर्वत जिल्लाको बाजुङ गाविस वडा नं ९ कोटथरमा भने एकै घरका श्रीमान् श्रीमतीको एकैचोटी निधन भएको छ ।

मंगलवार विहान करीव १० बजे श्रीमान् रुद्र बहादुर विकको निधन भएको डेढ घण्टा नवित्दै श्रीमती छली विकको पनि निधन भएपछी श्रीमान् श्रीमतीलाई सँगसँगै सतिगति गर्न गाउँलेहरु बाध्य भएका छन् ।

बयानब्बे बर्षे श्रीमान विकको रोगका कारण निधन भएता पनि चौरासी बर्षिय श्रीमती विक भने रोग नलाइकन एक्कासी निधन भएको पारिवारिक श्रोतले बताइएको छ ।

श्रीमान् श्रीमती यसरी सँगै मर्नुलाई धेरैले सति गएको र दुवै जनाको मरण हुनु एउटा अनौठो घटना भएको जनाएका छन् । मंगलवार निधन भएका विक दम्पत्तिको बुधवार विहान मोदीवेणीमा एकै साथ अन्त्योष्टी गरिएको छ । उनीहरुलाई छोरा चन्द्र बहादुर विक दागवत्ती दिएका छन् ।

,