उधारो नफर्काएको भन्दै आफन्तद्वारा बारम्बार बलात्कार !!

भारतको महाराष्ट्रको ठाने शहरको भायन्दरमा एक आफन्तले उधारो नफर्काएका कारण महिलालाई बारम्बार बलात्कार गरेको आरोप छ । महिलाले दुई वर्ष पहिले आफ्नो शल्यक्रियाका लागि आफन्तसँग पैसा उधारो लिएकी थिइन् ।

भायन्दरको नवघर पुलिस चौकीका सहायक पुलिस निरिक्षक प्रियतमा मोटेका अनुसार, आरोपी कमलेस जैन (४०) ले आफ्नी ३७ वर्षीया नातेदारलाई पैसा फिर्ता गर्नका लागि लगातार तनाव दिइरहने र उनलाई यौन उत्पीडन पनि गर्ने बताएकी छिन् । पुलिसका अनुसार, महिलाले कमलेशसँग सन् २०१२ जुनमा शल्यक्रियाका लागि पैसा लिएकी थिइन् ।

महिलाले दर्ता गरेको आरोपमा भनिएको छ कि पैसा फिर्ता दिन असमर्थ भएका कारण कमलेस पछिल्लो अप्रिलमा घरमा कोही पनि नभएको मौका पारेर उनको बलात्कार गरे र त्यसपछि उनलाई गोराइस्थित लजमा लगरे पनि उनलाई बलात्कार गरेका थिए ।

बलात्कारको कुरा कसैलाई बताएको खण्डमा उनको अश्लिल तस्बिर इन्टरनेटमा हालिदिने धम्की कमलेसले दिने गरेको महिलाले बताइन् । यति हुँदा हुँदै पनि उनले पुलिसलाई यो कुराको जानकारी दिइन् । यद्यपी आरोपी कमलेस अहिलेसम्म पनि पक्राउ हुन सकेका छैनन् ।

, ,