आलु औषधी कि तरकारी ? जानी राख्नुहोस् !

आलुमा क्याल्सियम, फसफोरस, भिटामिन बी, फलाम हुन्छ । आलु सेवनले रक्तबाहिनीहरू लामो उमेरसम्म लचिला बनिरहन्छन् । आलुलाई पुरक आहारको रुपमा र रोग प्रतिरोधात्मक क्षमता भएको खाद्यन्न मानिन्छ ।

आलुमा क्याल्सियम, फसफोरस, भिटामिन बी, फलाम हुन्छ । आलु सेवनले रक्तबाहिनीहरू लामो उमेरसम्म लचिला बनिरहन्छन् । आलुलाई पुरक आहारको रुपमा र रोग प्रतिरोधात्मक क्षमता भएको खाद्यन्न मानिन्छ ।

आलु मधुर, गरिष्ट, मल तथा मुत्रलाई उत्पन्न गराउने रुक्ष र रक्तपित्त हटाउने वीर्यवर्धक, बलप्रद, कफ र वायुवर्धक, मधुर अग्नीवर्धक मानिन्छ । कमजोर भएका र जँड्याहाको लागि यो अत्यन्तै पोषणयुक्त मानिन्छ । विज्ञकाअनुसार आलुको बोक्रा हटाउँदा धेरै पोषतत्व नष्ट हुन्छ । यो बोक्रा नतासी पकाउदा फाईदाजनक हुन्छ ।

चोट लागेर रगत जमेर निलो भएको ठाउँमा काँचो आलु पिधेंर लगाउँदा राम्रो हुन्छ । घामले डढेको, कालो पोतो, चाउरी परेको छालामा काँचो आलुको रसले राम्रो फाइदा हुन्छ ।

अपच र एसिडिटि भएमा आलुको जुसले ठिक गर्छ । आलुमा अल्केलाइडस नामक औषधिय तत्व पनि हुन्छ ।
१०० ग्राम आलुमा पाइने पोषक तत्वको तालिका -:

प्रोटिन – १ दशमलव ६
खनिज पदार्थ – 0 दशमलव ६
कार्बोहाइड्रेड – २२ दशमलव ६
क्याल्सियम – १० मि.ग्रा.
भिटामिन ए – ४० मि.ग्रा.
भिटामिन सी – १७ मि.ग्रा.
चिल्लो पदार्थ – 0 दशमलव १
रेसा –  0 दशमलव ४
फसफोरस – ४० मि.ग्रा.
फलाम – 0 दशमलव ७ मि.ग्रा.
भिटामिन बी – 0  दशमलव१० मि.ग्रा.
क्यालोरी – ९७ मि.ग्रा.

,