१४ असार, काठमाडौं ।
हिन्दू अधिराज्य र राजतन्त्रको वकालत गर्दै आएको राप्रपा नेपालले संविधानसभा निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट चुनाव खर्च लिएको खुलासा भएको छ ।
राप्रपा नेपालका असन्तुष्ट नेताहरुले पर्चा प्रकाशन गरी अध्यक्ष कमल थापाले पूर्वराजाबाट चुनाव खर्च लिएको खुलासा गरेका हुन । राजधानी दैनिकमा समाचार छ ।
उनीहरुले पूर्वराजासहित चुनाव भन्दा चन्द्या दिने १६ जनाको नाम समेत पर्चामार्फत सार्वजनिक गरेका छन् ।पर्चामा जनाइए अनुसार अध्यक्ष थापाले पूर्वराजा शाहबाट १ करोड ९५ लाख रुपैयाँ खर्च लिएको उल्लेख छ ।
संविधानसभा चुनावमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले १० करोड चुनाव खर्च मागेकोमा करिव २ करोड मात्रै आएपछि पूर्वराजासँग अध्यक्ष थापा असन्तुष्ट बनेका छन् ।
सोही कारण गत महिना सम्पन्न महाधिवेशनमा धिानबाट राजतन्त्र हटाउने बिषयमा छलफल गराई ज्ञानेन्द्रलाई मागेजति रकम पठाउन सन्देश दिन खोजेको असन्तुष्ट नेताहरुको बुझाइ छ ।
पूर्वराजाबाट कमल थापाले २ करोड चुनाव खर्च लिएको खुलासा |