नेपालले ट्वान्टी-२० राष्ट्रको मान्यता पायो

१४ असार, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाललाई ट्वान्टी-२० राष्ट्रको मान्यता दिएको छ ।मेलबर्नमा बसेको आइसीसीको बोर्ड बैठकले नेपालसँगै नेदरल्याण्डलाई ट्वान्टी-२० राष्ट्रको मान्यता दिएको हो ।
नेपाल र नेदरल्याण्डले बंगलादेशमा भएको ट्वान्टी-२० विश्वकप खेलेको थियो । विश्वकपको समूह चरणमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो भने टेष्ट मान्यता प्राप्त देश बंगलादेशसँग हार व्यहोरेपनि राम्रो चुनौती दिएको थियो ।
आईसीसीको निर्णयसँगै ८ एशोसिएट देशमा ट्वान्टी-२० राष्ट्रको मान्यता पाएको छ । अफगानिस्तान, हङकङ। आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्यूगिनी र यूएईले यसअघि नै ट्वान्टी-२० राष्ट्रको मान्यता पाइसकेका थिए ।


,