निगमको नयाँ जहाजमा चरा ठोक्कियो, एक साता नपुग्दै जहाज 'ग्राउण्डेड'

काठमाडौं, असार १६ - राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको एमए- ६० चिनियाँ जहाजमा चरा ठोक्किएको छ ।

काठमाडौंबाट उडेको जहाज विराटनगरमा अवतरण गर्नेक्रममा सोमबार बिहान दायाँ इन्जिनमा चरा ठोक्किएको हो । असार ११ देखि औपचारिक उडान सुरु गरेको जहाज एक साता नपुग्दै 'ग्राउण्डेड' भएको छ ।

निगम स्रोतका अनुसार जहाजका यात्रु भने सकुशल छन् ।

वैशाख १४ गते काठमाडौं अवतरण गरेको जहाज प्रशासनिक तथा प्राविधिक तयारी पूरा नगर्दा ढिलामात्रै व्यापारिक उडान सुरु भएको थियो । सातामा १५ उडान सुरु गरेको ५६ सिट क्षमताको नयाँ जहाजले काठमाडौंबाट विराटनगर, भद्रपुर, भैरहवा र धनगढी उडान भर्दै आएको छ ।


,