घरमा नराखे आत्महत्या गर्ने अमिताभकी फ्यानको धम्की

बलिउडका सुपरस्टार नायक अमिताभ बच्चनका फ्यान त विश्वमा करोडौ छन् । तर दिल्लीबाट आएकी एक फ्यान यस्ती पनि छिन्, जो उनको लागि ज्यान दिन तयार छिन् ।

वुधबार मुम्बइको एक पुलिस स्टेशनमा देखिएको एक घटनाले यस्तै कुराको संकेत गरेको छ । दिल्लीबाट आफ्नी १६ बर्षकी छोरी लिएर एक महिला बच्चनको घर अगाडि बसिरहेकी छिन् । एक सातादेखि उनी बच्चनको घर अगाडि रहेपछि सुरक्षाकर्मीले सोधपुछ गरेका थिए । तर उनले बच्चनले आफूलाई घर भित्र नै राख्नु पर्ने माग गरेपछि अवस्था जटिल भएको हो ।
आफू बच्चनको ठूलो फ्यान भएको बताउँदै उनले अमिताभको घर भित्र छिर्न पाउनुपर्ने माग गरेकी छिन् । यसो गर्दा आफूले दैनिक बच्चनलाई देख्न पाउने उनको माग छ । यदि यसो नगरिएको खण्डमा आत्महत्या समेत गर्ने धम्की उनले प्रहरीलाई दिएकी छिन् । उनलाई घर फर्काउने प्रयास समेत असफल भएको छ ।

, ,