तपाई कतै आफ्नो पुरानो प्रेमलाई भुलाउन चाहनु हुन्छ भने ढुक्क हुनुस अब त्येसको औषधी आयो..

प्यारमा विछोड भएको छ र भुल्न सक्नु भएको छैन भने अव पिर नगर्नुस् । बैज्ञानिकहरुले पुराना विगतका नमिठा याद विर्सन सहयोग पुग्ने औषधी पत्ता लगाएको दावी गरेका  छन् ।


कुनै मानसिक आघात वा पुराना नमिठा यादलाई विर्साउन सहयोग पुग्ने किसिमको मल्टिपल सिरोसिसका विरामीका लागि उपयोग ‍औषधी पत्ता लागेको उनीहरुको भनाइ   छ

अमेरिकाको भर्जिनियास्थित कमनवेल्थ युनिभर्सिटीका बैज्ञानिकहरुले मुसामा प्रयोग गरेर यो औषधी सफल भएको दावी गरेका हुन् ।

त्यसैगरी अमेरकाको फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेशनले पनि मल्टिपल सिरोसिस नामक मानसिक रोगको शिकार भएकाहरुलाई मानसिक आघात पुग्ने पुराना याद विर्साउनका लागि उक्त औषधीको प्रयोगलाई मान्यता दिएको छ ।

यो औषधी मानसिक आघात तनाव र फोविया एवं खानासँग सम्बन्धित रोगसँग लडिरहेका विरामीको उपचारमा निक्कै उपयोगी हुने बैज्ञानिकहरुको भनाइ छ ।

शोधकर्ताहरुले यो औषधीले जिनमा नियन्त्रण गर्ने इन्जाइम हिस्टोन डिएक्टिलाइससको सहयोगमा याद भुलाउने बताउँछन् ।

अव यो औषधी अमेरिकी बजारमा पाइने छ ।
यो समाचार नेचर न्यूरोसाइन्स नामक जर्नलमा प्रकाशित छ ।

, ,