प्रेमीसँग विवाह गर्दा ढुंगा हानेर मारियो (भिडियो सहित)

१४ जेठ ।
पाकिस्तानको लाहोरमा त्यहाँको उच्च अदालत परिरसमा एक २५ वर्षीय युवतीलाई आफ्नै परिवारले ढुंगाले हानेर हत्या गरेको छ । ती युवतीले परिवारको इच्छा विपरित प्रेमीसँग विवाह गरेको रिसमा परिवारले तथाकथित हनर किलिङ अनुसार परिवारको इज्जत जोगाउनका लागि छोरीलाई ढुंगाले हानेर हत्या गरेको हो ।

फराजाना इक्वाल नामकी ती युवतीलाई अदालत परिसरमा बसिरहेको समयमा एका एक इट्टा र ढुंगा बोकेर आएका पुरुषको समूहले चारतिरबाट प्रहार गरेर हत्या गरेको एक प्रहरी बरिष्ठ अधिकारीले बताए ।
उनलाई हत्या गर्नेमा फराजानाका पिता, दुई दाजु र पूर्व मंगेत्तर समेत रहेको उनले बताए । ढुंगा र इट्टा लागेर गम्भीर घाइते बनेकी उनलाई अस्पताल पुर्याउना साथ मृत घोषित गरिएको थियो ।
अन्य सबै आक्रमणकारी भागेपनि बाबु पक्राउ परेका छन् । उनले परिवारको इज्जतका लागि छोरीको हत्या गरेको बताएका छन् ।

हेर्नुस् भिडियोः
पाकिस्तानमा परिवारको इच्छा विपरित आफूलाई मन लागेको ब्यक्तिसँग विवाह गर्ने युवतीहरुलाई परिवारले इज्जतका लागि भन्दै मार्ने गरिएको छ ।
पाकिस्तानमा यस्तै परिवारको इज्जतका लागि भन्दै वर्षेनी १ हजार भन्दा बढी युवतीको हत्या हुने गरेको त्यहाँको अधिकारवादी समूह अउरात फाउण्डेसनले जनाएको छ ।
एजेन्सीको सहयोगमा ।

, ,