कलाकारको जुलुशमाथि प्रहरी लाठीचार्ज

काठमाण्डु, १६ चैत – लोक गायिका मञ्जु महतका परिवारलाई क्षतिपूर्तिको माग गर्दै नारा जुलुशमा उत्रिएका कलाकर्मी माथि प्रहरीले हस्तक्षेप गरेको छ ।
माइक्रोवस व्यवसायीले क्षतिपूर्ति दिन आलटाल गरेपछि कलाकारले निकालेको जुलुशमा प्रहरीले लाठीचार्ज गरेको हो ।
काठमाण्डूको सामाखुशीमा प्रहरीले लाठीचार्ज गरेको हो । जुलुशमा सहभागी वीस जना भन्दा धेरै कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको लोक तथा दोहोरी गीत प्रतिष्ठानका महासचिव रमेश बिजीले बताएका छन् ।
जुलुश सामाखुशी देखि घटनास्थल गल्कोपाखातर्फ जाँदै थियो ।
महतका आफन्तलाई क्षतिपूर्ति नदिएसम्म कलाकारहरुले शव नबुझ्ने बताएका छन् । समितिले वार्तामा ठोस निर्णय गर्न नसक्ने प्रतिनिधि पठाएको र क्षतिपूर्ति दिन नसक्ने भनेपछि कलाकारले आन्दोलन गर्न बाध्य भएको प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताए ।
हिजो राति कलाकार र माइक्रो व्यवसायीबीच भएको वार्ता बिना निष्कर्ष टुङिगएको थियो ।
माइक्रोवसको ठक्करबाट गम्भिर घाइते भएकी महतको ग्राण्डी अस्प्तालमा उपचारका क्रममा हिजो निधन भएको थियो । स्कुटीमा सवार महतलाई गएको बिहिवार काठमाण्डुको गल्कोपाखामा माइक्रोबसले ठक्कर दिएको थियो ।
ठक्करबाट उनकी बहिनी लक्ष्मी महत घाइते भएकी छन् । लक्ष्मीको उपचार र मृतक महतको छोरोछोरीको पालनपोषणको व्यवस्था समितिले गर्नुपर्ने माग कलाकारले राख्दै आएको प्रतिष्ठानका महासचिव रमेश बिजीले बताए । गायिका महतको शव अझै ग्राण्डी अस्पतालमा राखिएको छ ।

,