अनौठो संसार, भूत भगाउने परफ्युम | तपाईंले पनि प्रयोग गर्ने कि ?

हामीमध्ये प्राय सबैले भुत-प्रेतका विषयमा सुन्दै आएका छौ र कतिपयले त देखेका पनि छौ होला । भूत-प्रेत भन्ने बित्तिकै कतिको त सातो समेत जाने गर्छ भने भूतको डरले कसैको ज्यान नै गएको समाचार समेत हामीले सुनेका छौ ।

भनिन्छ, भुत प्रेत हामीभन्दा धेरै शक्तिशाली हुन्छन् र उनीहरूमा चमत्कारिक रूपले यस्ता शक्ति हुन्छ जसको प्रयोगले उनीहरूले मानिससँग आफूले चाहेको जस्तो जे पनि गर्न सक्छन् । भूतसँग हामी यति डराउँछौ की हामी भूतसँग लड्ने कल्पना पनि गर्न सक्दैनौ । तर, एक व्यक्तिले यसलाई फरक मानेका छन् । चिकित्सक रेशल बर्क्सले मानिसले चाहेभने भूतलाई पनि झुक्याउन सक्ने निष्कर्ष निकालेका छन् । भुतले सँधै जिवित मानिसलाई मात्र आफ्नो शिकार बनाउने गर्छ, यसैलाई आधार बनाएर उनले एउटा अनौठो आविष्कार गरेका छन् ।

रेशलले भूतलाई भगाउनका लागि मानिसको सडेको खालको परफ्युम तयार गरेको छ । रेशलका अनुसार उक्त परफ्युम लगाएर सुत्नाले यति नमिठो गन्ध आउँछ की यदी भुत आयो भने पनि उसलाई त्यो व्यक्ति मरेको हो भन्ने भान पर्छ ।

यसले उक्त मानिसलाई भुतले सताउँदैन । रेशलका अनुसार परफ्युम लगाएर सुत्नाले भुतले सताउने मानिसहरूले मुक्ति पाउँछन् । यसको मुख्य कारण शरिरबाट निस्किने परफ्युमको गन्ध । उक्त परफ्युमको नाम 'औ डी डेथ' हो । उक्त परफ्युमको गन्ध मरेको मानिसको शरिरबाट निस्किने जस्तो हुन्छ र यो परफ्युम अमेरिकाको नेबरास्कामा बनाइएको हो ।

,