प्रेम टुटेको खबर सेलाउन नपाउँदै रणबीर र कट्रिनाको विहेको चर्चा

एक पटक फेरि बलिउडका चक्लेटी हिरो रणबीर कपुर र सुन्दर र सेक्सी हिरोइनकट्रिना कैफको विहेको खबरले बलिउड तताएको छ । गसिप बजारलार्इ यो खबरले राम्ररी तताएको छ । दुबैजना सन् २०१५ मा मायाको डोरीलार्इ विहेमा परिणत गर्न तयार भएका हुन् । समाचार अनुसार कट्रिनाले रणबीर विहेका लागि राजी नभएमा छोडिदिने धम्की दिएपछि रणबीरले यो निर्णय लिएका हुन् ।
यो कहानी नयाँ सालको हो । नयाँ वर्ष मनाउन दुबैजना न्यूयोर्क पुगेकाबेला कट्रिनाले रणबीरलार्इ बिहेका लागि तयार नभए छोडिदिने धम्की दिएकी थिइन् । नयाँ वर्ष मनाउने क्रममा क्याटरिनाले रणबीरबाट नयाँ वर्षको उपहारको रूपमा केही कसम र बाचा गर्न भनेकी थिइन् । रणबीरले भने क्याटरिनाले गर्न लाएको बाचा कमस खान इन्कार गरेका थिए । रणबीरले बाचा गर्न नमानेपछि कट्रिना रिसाएर लण्डन गएकी थिइन् भने रणबीर एक्लै भारत फर्केका थिए ।
स्पेनको समुद्री किनारमा रणबीरका साथमा विकीनी लगाएको अवस्थामा भेटिएकी क्याटरिना र रणबीरबी यो घटनापछि ब्रेकअप भएको चर्चा बलिउडमा थियो । यो घटनापछि हुने चलचित्रसम्बन्धी कार्यक्रमहरूमा दुबैजना एक्ला एक्लै सहभागी हुने गरेका थिए । दुबै अलग अलग भेटिन थालेपछि उनीहरूको सम्बन्मा पूर्णविराम लागेको अनुमान धेरैले गरे ।
तर अहिले तीन महिनापछि दुबैबीच विहेको खबरले धेरैलार्इ अचम्मा पारेको छ । अहिले दुबै बलिउडस्टारका फ्यान अलमलमा छन्, विहेको खबर पत्याउने कि ब्रेकअको खबर पत्याउने । ‘यदि बिहे नै गर्ने भए तीन महिनायता दुबै अलग रहेको नाटक किन गर्नुपरेको ?’ उनीहरूका फ्यानको भनार्इ छ ।
तर पनि दुबैको विहेको खबरले उनीहरूलार्इ चाहने फ्यानहरूलार्इ भने खुसी बनाएको छ । तथापि अहिले दुबै फिल्मीस्टार र उनका साथी तथा परिवारले यो खबरको पुष्टि भने गरेका छैनन् ।

, ,