फूलै फूलको बगैचामा आगन्तुकको ओइरो ( फोटोफिचर )

राजधानीको भृकुटीमण्डपस्थित  प्रदर्शनी हल यतिबेला एउटा ठूलो फूलबारी बनेको छ।

थरीथरीका रंगिचंगी फूललाई आकर्शक तवरको साजसज्जाले सबै आगन्तुकलाई लोभ्याएको छ। सबैलाई त्यहीँ बसिरहुँ जस्तो बनाएको छ। अझ फूलफूलले बनाइएको बगैचा अनि  ढकमक्क पूलेको फूलकोकला झन् बढी आकर्षक छन्।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा बिहीबारदेखि सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनीको झलक हो यो। यसैको भृकुटीमण्डपको हल बगैंचाजस्तो भएको हो । पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उदेश्यले प्रदर्शनीको आयोजना गरेको हो।

आउँदो आइतबारसम्म चल्ने मेलामा ५९ वटा व्यवसायिक स्टल, १५ वटा सूचनामुलक स्टल, २१ वटा अन्तर्राष्ट्रिय सहभागिताका स्टल गरी ९५ वटा प्रदर्शनी कक्ष राखिएको छ । स्थानीय रुपमा उत्पादित एवं वितरित मौसमी फूल, कट् फ्लावर, ड्राइ फ्लावर, सुनखरी, बीउबिजन लगायतको प्रदर्शनी तथा बिक्री गरिने आयोजकले जनाएको छ ।
हेरौ मनमोहक फोटोहरु /तस्बिर सौ. सेतोपाटी










,