टपलेस बनेर कस्तो सशक्तिकरण माइलीको ?

लसएन्जल-अमेरिकी पपगायिका माइली साइरस पुन: टपलेस भएकी छिन्। एउटा अभियानको समर्थनमा उनले टपलेस भएर तस्बिर खिचाएकी हुन्। २२ वर्षीया माइलीले टपलेस भएर ब्ल्याक एन्ड ह्वाइट फोटो खिचाएकी हुन्।
उनले गत वर्ष सार्वजनिक गरेको आफ्नो टपलेस फोटोसँग अहिले सार्वजनिक गरिएको फोटो मिल्दोजुल्दो छ। यसअघि माइलीले पटक-पटक टपलेस भएर फोटो खिचाइसकेकी छिन्। कतिपय ठाउँमा उनले न्युड डान्ससमेत गरेकी छिन्। इन्स्टाग्राममार्फत उनले नाँगै नुहाउने गरेको आफ्ना फोटो पनि सार्वजनिक गरेकी थिइन्। महिला सशक्तिकरणका लागि सञ्चालन भइरहेको समानता अभियानका लागि माइलीले पछिल्लो पटक टपलेस फोटो खिचाएकी हुन्।

, ,