विश्वकप टिकट किस सँग साटासाट !

एडमा र कार्ला ब्राजिलको शहर क्यूआबामा बस्छन्, जहाँ शनिबार ब्राजिल विश्वकप अन्तरगतको बोस्नियाा र नाइजेरियाबीचको खेल भएको थियो ।
दुबैसँग टिकट थिएन । त्यसैले उनीहरु स्टेडियम आसपासमा टिकट किन्ने प्रयासमा थिए । उनीहरुले धेरैसँग सोधे, तर टिकट पाएनन् । तर, सुरु हुनु एक घन्टा अघि रोचक घटना भएको छ ।
एक टुरिस्ट उनीहरु अगाडि आए र टिकट दिने प्रस्ताव गरे । तर, टिकटका लागि पैसा हैन किस मागे ।
एडमाले भनेका छन्, उनले हामी टिकट खोजिरहेको देखेका थिए । उनले आफ्नो टिकट दिए र भने अब मैले एक किस त पाउनुपर्छ ।’ एडमाले उनको अनुहारमा किस गरे । तर, उनले मुखमा नै किस गर्न भन्दै हिडे ।
किस र टिकट साटेपनि उनीहरुको समस्या भने समाधान भएन । किनकी उनीहरु दुई जना थिए, टिकट एउटा । त्यसैले एडमा र कार्ला फेरि टिकट खोजीमा लागे ।


,