बलिउडका प्रेम जोडी जो झगडा गरेर छुट्टिए (फोटो फिचर)

बलिउडमा सेलिब्रेटीहरुबीच प्रेम सम्बन्ध शुरु हुनु र टुट्नु सामान्य विषय हुन् । कतिपय जोडी समझदारीमा छुट्टिएका छन् भने कतिपय सार्वजनिकरुपमै झगडा गरेर ।
यहाँ त्यस्ता बलिउड सेलिब्रेटी जोडीको चर्चा गरिएको छ ।


प्रिती जिन्टा र नेस बाडिया
पछिल्ला केही दिन यता प्रिती जिन्टा उनका पूर्वप्रेमीले गरेको भनिएको यौन दुर्ब्यवहारका कारण चर्चामा छिन् । आफ्ना पूर्व प्रेमी एवं ब्यापारिक साझेदार नेश वाडियाले आफूलाई क्रिकेट रंगशालामै यौनजन्य आक्रमण गरेको उजुरी पुलिसमा दिएर चर्चमा रहेकी प्रितीका प्रेमी भने बाडिया मात्र थिएनन् । प्रिती र नेस बाडियाबीच ५ वर्ष सम्म प्रेम सम्बन्ध चल्यो । ब्यवसायी समेत रहेका बाडिया प्रितीसँग उनको क्रिकेट क्लव किङ्गस एलेभेन पञ्जावको पार्टनर बने र झनै नजिक भए । तर सन् २००९ मा भने उनीहरुबीच फाटो आयो र अहिले पुलिसमा जाने अवस्थामा पुगेको छ । बाडियाले प्रितीले आफूमाथि लगाएका आरोप गलत भएको दावी गरेका छन् ।
ऐश्वेर्या राय र सलमान खान
सन् १९९९ मा आएको चलचित्र 'हम दिल दे चुके सनम' को सेटमा सलमान खान र ऐश्वर्या रायबीच भेट भएको थियो । चार वर्ष सम्म चलेको यो रोमान्स 'चलते-चलते' भन्ने चलचित्रको सेटमा पुगेर सलमानले ऐश्रेर्या लाई हात नै उठाएपछि उनीहरुबीच मन मुटाव शुरु भयो । यसपछि ऐश्रेर्यालाई फिल्मबाट हटाइयो भने रानी मुखर्जी
फिल्ममा भित्रिइन् । त्यतिमात्र होइन सलमानले ऐशको घरमै पुगेर मारपीट समेत गरे । केही वर्षपछि ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरिन् ।

करिश्मा कपूर र सञ्जय कपूर
यो जोडीले सन् २००३ मा विवाह गरेको थियो । तर विवाह गरे लगत्तै उनीहरुबीच मनमुटाव शुरु भयो । २००५ मा छोरी समायरालाई जन्म दिएपछि करिश्मा पतिसँग छुट्टिएर बस्न थालिन् । तर सन् २०१० मा करिश्माले अर्को बच्चा पनि जन्माइन् । त्यसपछि उनीहरुको सम्बन्ध सहज भएको अनुमान गरिएपनि केही दिन अघि मात्र करिश्माले सम्बन्ध विच्छेद गर्ने प्रक्रिया अघि बढाइन् । अहिले उनी दोश्रो विवाहको तयारीमा रहेको चर्चा छ ।

करीना कपूर और शाहिद कपूर
कुनै बेला करिना र शाहिद कपुर सिरियस सम्बन्धमा थिए । केही चलचित्रमा सँगै देखिएको यो जोडीका चुम्बन गरेका तस्विर पनि सार्वजनिक भए । तर केही समय पछि यो जोडी एक अर्कासँग टाढियो र करिनाले सैफ अली खानसँग विवाह गरिसकेकी छिन् । उनीहरुबीच पनि छुट्टीने बेलामा तनाव भएको थियो ।

विपासा र जोनः
जोन इब्राहिम र विपासा बसु पनि निक्कै लामो समय सम्म रोमान्स गरेर छुटेको चर्चित बलिउड जोडी हो । उनीहरुबीच कहिल्यै नछुट्ने सम्बन्ध बनिसकेको अनुमान चलेपनि जोनले विपासालाई छोडेर एकाएक अर्की युवतीसँग विवाह नै गरिसकेका छन् भने विपासा पनि विवाहको तयारीमा छिन् ।

रणबीर दिपीकाः
रणबीर कपूर र दिपिका पादुकोण पनि प्रेममा परेर छुट्टीएका जोडी हुन् । तर उनीहरुबीच सार्वजनिकरुपमै जुहारी चल्यो र अहिले आफ्नो बाटो लागिसकेका छन् ।

, ,