पूर्वराजा ज्ञानेन्द्र राजतन्त्र फर्काउन येसरी अन्तिम प्रयास गर्दै छन् !!
काठमाडौं । पुनर्बहालीका लागि अन्तिम प्रयासमा जुटेका पूर्वराजा ज्ञानेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खासै ‘रेस्पोन्स’ नगरेका कारण थप निराश हुँदै गएका छन् ।

पहिलो संविधानसभा असफल भएपछि दोस्रो संविधानसभाको निर्वाचन हुनु र भारतमा लोकसभाको निर्वाचन हुनु सँगसँगै जस्तो प¥यो । दोस्रो संविधानसभा निर्वाचनमा आफ्नो निकटस्थ राप्रपा नेपाललाई उल्लेख्य सिट जिताउन पूर्वराजा शाह सफल भए । यो सफलताबाट केही उत्साहित भएका उनी भारतीय लोकसभाको निर्वाचनमा बीजेपीलाई सहयोग गर्न केन्द्रित भएका थिए । समाचार स्रोतका अनुसार सीमा क्षेत्रमा भ्रमण गरेर पूर्वराजा शाहले बीजेपीका लागि महोल मात्रै बनाइदिएनन् कि उल्लेख्य आर्थिक सहयोगसमेत प्रदान गरेको बताइन्छ । विश्वभरिका हिन्दुहरूले चुनावका लागि खर्च जुटाइदिएको उल्लेख गर्दै भारतीय जनता पार्टीले भनेको छ– ‘विश्वका जुनसुकै कुनाका हिन्दुहरू संकटमा परे भने संरक्षण र शरण दिने दायित्व भारतको हुनेछ ।’ यो कुरा बीजेपीले आफ्नो घोषणापत्रमा समेत उल्लेख गरेको छ ।
बीजेपीले भावी प्रधानमन्त्री घोषणा गरेको मोदीसँग पूर्वराजा शाहले चुनावअघि तीनपटकसम्म भेटेका थिए । टेलिफोन तथा चिठी आदान–प्रदानको माध्यमबाट धेरैपटक सम्पर्क भएको बताइन्छ । पुर्वराजा शाह र मोदीबीचको सम्पर्क सूत्रको भूमिका गुजरातका अमित शाहले गरेका थिए । बीजेपीका प्रभावशाली नेता मानिने अमित शाहलाई मोदीले उत्तर प्रदेशको चुनावी कमान्डरसमेत बनाएका थिए । पूर्वराजा शाहसँग धेरै निकटको सम्बन्ध भएका अमित शाहकै सक्रियताका कारण उत्तर प्रदेशमा बीजेपीले निकै ठूलो सफलता प्राप्त ग¥यो । लोकसभामा उसले प्राप्त गरेका दुई सय ८२ सिटमध्ये ७५ सिट त उत्तर प्रदेशबाट मात्रै प्राप्त गरेको छ । खासगरी उत्तर प्रदेश, उत्तराञ्चल र विहारमा बीजेपीले यति ठूलो सफलता प्राप्त गर्नुमा आफ्नो पनि योगदान रहेको बुझाई नेपालका पूर्वराजा शाह को छ । तर चुनावमा स्पष्ट बहुमत प्राप्त गरी प्रधानमन्त्री बनेपछि भने पूर्वराजा शाहलाई न मोदीले धन्यवाद दिए, न त बीजेपीले नै । यतिसम्म कि चुनाव सम्पन्न भएलगत्तै नेपाल भ्रमणमा आएका बीजेपीका वरिष्ठ उपाध्यक्ष भगतसिंह कोश्यारीले पूर्वराजा शाहसँग नभेटेका मात्र होइन, नेपालमा राजतन्त्र अब इतिहास भइसक्यो भन्ने अभिव्यक्ति दिए । कोश्यारीको यो अभिव्यक्तिले पनि पूर्वराजा शाहको चित्त निकै दुःखेको समाचार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार कोश्यारीको अभिव्यक्तिबारे नरेन्द्र मोदीसँग सम्पर्क गरी आधिकारिकता बुझ्न पूर्वराजा शाह चाहन्थे, तर मोदीसँग अहिलेसम्म सम्पर्क हुन सकेको छैन । एकपटक भारतमै गएर मोदीसँग लामो भेटवार्ता गर्ने इच्छा जाहेर गर्दै विभिन्न च्यानलमार्फत पूर्वराजा शाहले खबर पठाएका छन्, तर भारत भ्रमणको टुंगो लाग्न सकेको छैन । आफ्ना सहयोगी अमित शाह, प्रभाकरशमशेर राणालगायतलाई प्रयोग गरी पुनर्बहालीको अन्तिम छिनोफानो गर्न छिट्टै भारत भ्रमणमा जाने तर्खरमा पूर्वराजा शाह छन् ।
यता, राप्रपा नेपालका कमल थापाको गतिविधिसँग पनि पूर्वराजा शाह सन्तुष्ट हुन सकेका छैनन् । कमल थापाको नेतृत्वमा पूर्वपञ्चबाहेक अरु अटाउन नसक्ने र पूर्वपञ्चहरूले मात्रै चाहेर आफू पुनर्बहाली हुन नसक्ने निष्कर्षमा पूर्वराजा शाह पुगिसकेका छन् । समाचार स्रोतका अनुसार मोदीबाट हुन्छ वा हुन्न भन्ने स्पष्ट जवाफ आउनासाथ सबैलाई समेटेर नयाँ शक्ति निर्माण गर्ने निचोडमा उनी पुगेका छन् । यसका लागि नेपाली कांग्रेस, वामपन्थी र पञ्चायती पृष्ठभूमि भएकाहरूलाई पहिलो चरणमा छुट्टाछुट्टै रूपमा संगठित गर्ने दोस्रो चरणमा सबैलाई समेटेर पार्टी निर्माण गर्ने गृहकार्यमा निर्मल निवास जुटेको बुझिएको छ । राप्रपा नेपाल अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुको मुद्दा आफ्नो राजनीतिक स्वार्थसिद्धिका लागि मात्र प्रयोग गरेको अन्ततः उनी विदेशी हण्डीकै भरमा चलेको निष्कर्ष निस्किएपछि पूर्वराजा ज्ञानेन्द्रले ‘फेस भ्यालु’ भएको डेमोक्रेटिक व्यक्ति खोजिरहेका छन् । नेपाली कांग्रेसको पृष्ठभूमि बोकेका रामबाबु प्रसाई खनुपरुदे, दिनबन्धु अर्याल, मणि लामा, बद्रीनारायण बस्नेत, प्रकाश कोइरालालगायतका राजावादीहरू अहिले पनि निर्मल निवासको नियमित सम्पर्कमा छन् । तर एमाले, एमाओवादी र माओवादीभित्रका आफ्ना मान्छेहरूलाई भने तत्काल एक्सपोज नगर्ने र त्यहीँभित्रबाट अघिल्लो संविधानसभाको कार्यकालमा जस्तै आफ्नो अनुकूलमा गतिविधि गराउने अभियानलाई निर्मल निवासले जारी राखेको समाचार स्रोतले जनाएको छ ।
